फ्लोरिडाका रिपब्लिकन दलका सशक्त सिनेटर मार्को रुबियो ट्रम्पका अमेरिकी विदेश सचिव बन्ने बलियो सम्भावना रहेको थुप्रै संचार माध्यमहरुले जनाएका छन् ।
निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाका सिनेटर सेन मार्को रुबियोलाई आफ्नो विदेश मन्त्रि (विदेश सचिव) को रूपमा छान्ने सम्भावना रहेको परिचित दुई व्यक्तिले सिएनएनलाई बताए ।
ट्रम्पले रुबियोलाई औपचारिक रूपमा प्रस्ताव गरेका थिए वा थिएनन् भन्ने कुरा सोमबार रातिसम्म स्पष्ट भएको छैन। बिहानसम्म ट्रम्प रिक ग्रेनेल तर्फ झुकेका थिए, तर उनले फ्लोरिडा सिनेटरका सहयोगीहरूसँग धेरै कुराकानी गरे पछि रुबियोलाई आफ्नो प्राथमिकतामा सारेका थिए ।
औपचारिक रूपमा प्रस्ताव नआएसम्म ट्रम्पले आफ्नो मन परिवर्तन गर्न सक्ने सिएनएनले जनाएको छ । न्यु योर्क टाइम्सले पहिलो पटक ट्रम्पको अपेक्षित प्रस्तावको बारेमा समाचार लेखेको थियो ।
रुबियोले उपराष्ट्रपतिको लागि समेत उम्मेदवारीमा इच्छा राखेका थिए । सिएनएनका अनुसार रुबियोले सही भूमिकाका लागि ट्रम्पको मन्त्रीमंडलमा सम्भावित रूपमा सामेल हुन इच्छुक रहेको स्पष्ट पारेका थिए ।
रुबियोसँग गहिरो परराष्ट्र नीतिको अनुभव र उनी सिनेटको गुप्तचर समिति र विदेश सम्बन्ध समिति दुवैमा उनको संलग्नता रहेकोले यसलाई ध्यानमा राख्दै विदेश बिभाग (स्टेट डिपार्टमेन्ट) रुबियोको लागि उपयुक्त जस्तो देखिने सिएनएनले समाचारमा उल्लेख गरेको छ ।
प्रतिक्रिया