एसोसिएशन अफ नेपाली तराईयन्स इन अमेरिका (ANTA) ले भारतीय हिन्दु मन्दिर (BHT) सँगको सहकार्यमा ओहायोको कोलम्बसमा छठ पूजा उत्साहपूर्वक सम्पन्न गर्यो, जस्मा स्थानीय समुदाय र छिमेकी राज्यहरूबाट सहभागीहरूको सहभागिता रह्यो। दुई दिने कार्यक्रम नोभेम्बर ७ र ८ मा सम्पन्न भयो, जसमा बिहीबार संझा घाट (साँझको अर्घ) र शुक्रबार भोर्का अर्घ (बिहानको अर्घ) सम्पन्न गरियो।
साँझको अर्घमा करिब पाँच सय भक्तजनहरू उपस्थित थिए, भने बिहानको अर्घमा करिब दुई सय सहभागीहरू थिए। नेपाली र भारतीय समुदायका सहभागीहरूले सँगै सूर्य देवताको पूजा गर्दै समृद्धि र कल्याणको आशीर्वादको कामना गरे।
कार्यक्रमको समन्वय एन्टाकाअध्यक्ष तौलेश्वर चौधरी, IPP Dr. Mridula Gupta, Mrs. Shaloo Lata, Mrs. Samta Birru, र Mr. Manish Singh ले गरेका थिए। एन्टाका General Secretary Mr. Prabhat Jha, Treasurer Mr. Santosh Sah, Spokesperson Ms. Sushmita Mishra, past VP Mr. Rajesh Shah, र Board Member Mrs. Nilam Yadav को उपस्थितिले कार्यक्रममा विशेष योगदान पुर्यायो, साथै धेरै समुदायका सदस्यहरूको उपस्थिति पनि उल्लेखनीय रह्यो। यस कार्यक्रममा भारतीय हिन्दु मन्दिर कार्यकारी बोर्डका अध्यक्ष डा बिष्णु पाण्डेको उपस्थितिले विशेष महत्व थप्यो, जसले घाटमा सबै छठ व्रतालुहरूलाई न्यानो स्वागत गर्दै दोसल्ला अर्पण गरेर सम्मान गरे।
यस वर्षको छठ पूजाले सांस्कृतिक सम्बन्धहरूलाई मात्र बलियो बनाएको छैन, नेपाली र भारतीय समुदायबीचको सामूहिक एकता र साझा परम्पराहरूलाई पनि प्रष्ट रूपमा उजागर गरेको छ।
प्रतिक्रिया