ट्रम्पले बुधबार व्हाइट हाउसमा बाइडेनसँग भेट गर्ने

इनेप्लिज २०८१ कार्तिक २४ गते २१:३४ मा प्रकाशित

नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसमा राष्ट्रपति जो बाइडेनसँग भेट गर्ने भएको ह्वाइट हाउसले शनिबार घोषणा गरेको छ।

“राष्ट्रपति बाइडेनको निमन्त्रणामा, राष्ट्रपति बाइडेन र निर्वाचित राष्ट्रपति ट्रम्प बीच बुधबार बिहान ११:०० बजे ओभल अफिस(कार्यालय)मा भेट गर्नेछन्,” प्रेस सचिव करिन जीन-पियरले एक विज्ञप्तिमा भनिन् ।

बैठकको थप विवरण सार्वजनिक गरिने उनले बताईन ।

सिएनएनका अनुसार प्रथम महिला मेलानिया ट्रम्पलाई पनि प्रथम महिला जिल बाइडेनसँग भेट्न ह्वाइट हाउसमा आमन्त्रित गरिएको छ ।

प्रतिक्रिया