अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या योजनामा इरानको संलग्नता रहेको अमेरिकी आरोपलाई इरानले ठाडै अस्वीकार गरेको छ ।
इरानले राष्ट्रपति चुनाव अघि ट्रम्पलाई मार्ने योजना बनाएको अमेरिकी न्याय विभागको आरोपलाई “स्पष्ट रूपमा खारेज” गरेको छ।
गत शुक्रबार जारी गरिएको अदालती कागजातहरू अनुसार, इरानी अधिकारीहरूले गत सेप्टेम्बरमा तेहरानमा बसोबास गर्ने एक अफगान नागरिक फरहाद शाकरीलाई यस हप्ता दोश्रो पटक निर्वाचित भएका ट्रम्पको सर्वेक्षण र अन्ततः हत्यामा ध्यान केन्द्रित गर्न भनेको अमेरिकी आरोप छ ।
शाकेरी अझै इरानमा फरार रहेको अमेरिकी न्याय विभागले जनाएको छ।
इरानको विदेश मन्त्रालयले शनिबार सामाजिक संजाल एक्स पोष्ट(प्रकाशन)मा अमेरिकी दाबीहरूलाई “पूर्ण रूपमा निराधार र अस्वीकार्य” भनी वर्णन गरेको छ, “विगतमा पनि यस्तै आरोपहरू लगाइएको छ,” जसलाई इरानले “दृढतापूर्वक अस्वीकार गरेको छ र गलत साबित गरेको छ।”
मन्त्रालयले दाबीहरू “दुर्भावनापूर्ण षडयन्त्र” को रूपमा “अमेरिका र इरानबीचको मुद्दालाई थप जटिल बनाउने” भनेको छ। ट्रम्पको कार्यकालमा इरानी सैनिकक शीर्ष सेनापतिको अमेरिकी मानव रहित यान (ड्रोन)मार्फत हत्या भए पछि इरान यसको बदला लिन चाही रहेकोमा अमेरिकी सरकारले चिन्ता व्यक्त गएको छ ।
प्रतिक्रिया