नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति कमला ह्यारिसलाई दुवै निर्वाचक मत (इलेक्टोरल भोट )तथा लोकप्रिय मत(पपुलर भोट )मा हराएका छन् । लगभग ९४ % मत गणना भै सक्दा सन् २०२० मा ल्याएको लगभग ७ करोड ४२ लाख लोकप्रिय मत प्राप्त नजिक पुग्न सफल भएका छन् ।
सन् २०२४ मा नोभेम्बर ९ शनिबार बिहान ६ बजे सम्म ट्रम्पले मा कूल लोकप्रिय मत मत ७ करोड ४१ को हाराहारीमा पुगेका छन् । सन् २०२० मा राष्ट्रपति जो बाइडेनले निकै नराम्रो संग लोकप्रिय मतमा हराएका थिए ।
सन् २०२० मा बाइडेनले ३०६ निर्वाचक मत (इलेक्टोरल भोट )ल्याई ट्रम्पलाई हराएका थिए । सन् २०१६ मा पनि ट्रम्प पपुलर भोट अर्थात् लोकप्रिय मतमा हिलारी क्लिन्टन संग हारेका थिए । तर यस बर्ष २०२४ मा ट्रम्पले निर्वाचक मत तथा पपुलर भोट (कुल मतदान मत)मा ह्यारिसलाई पछार्न सफल भएका छन् ।
सन् २०२० मा ट्रम्पले २३२ मात्र निर्वाचक मत (इलेक्टोरल भोट) प्राप्त गरेका थिए । यस बर्ष २०२४ मा ट्रम्पले ३०१ निर्वाचक मत ल्याई बिजयी भएका छन् । ह्यारिसले २२६ मात्र निर्वाचक मत मात्र प्राप्त गरेकी छिन् ।
प्रतिक्रिया