बिश्वकै सर्वाधिक धनाढ्य व्यक्ति इलन मस्क अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बीचको राष्ट्रपति चुनावको भोलिपल्ट नोभेम्बर ६ बुधबारका दिन उनीहरुको कुराकानी सामेल भएको यस बिषयमा जानकार स्रोतले सिएनएनलाई बताएको सिएनएनले उल्लेख गरेको छ ।
कुराकानीको संवेदनशीलताका कारण नाम न छाप्ने सर्तमा स्रोतले सिएनएनसँग कुरा गरेकोछ । जेलेन्स्कीले सामाजिक संजाल एक्समा गत बुधवार ट्रम्पसँग कुराकानी भएको बताएका थिए । उनले ऐतिहासिक भारी विजयको लागि बधाई दिएका थिए ।
“हामी समीपको वार्ता कायम गर्न र हाम्रो सहयोगलाई अगाडि बढाउन सहमत भयौं। बलियो र अटल अमेरिकी नेतृत्व विश्व र न्यायपूर्ण शान्तिका लागि महत्त्वपूर्ण छ, ”जेलेन्स्कीले त्यस समयमा सामाजिक संजालमा लेखेका थिए ।
प्रतिक्रिया