नव निर्वाचित ४७ औ राष्ट्रपति डोनाल्ड ट्रम्पले लगभग ६ महिना अगाडी बैशाख ३१ गते अमेरिकाको राष्ट्रपतिमा पुनः निर्वाचित भए २४ घण्टाभित्र युक्रेनमा युद्ध अन्त्य गर्ने भनाइ राखेका थिए । आज बिहिबार कार्तिक २२,२०८१ भएको छ ।
उनके त्यस्तो भनाई पटक पटक चुनावी अभियानमा राखे । हामीले सबैले बुझ्नु पर्ने कुरा के हो भने त्यो भनेको चुनावी उग्र नारा हुन् । त्यति भने पछि जनताले पत्याउने छन र मतदान दिने छन् । ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन संग अन्य राष्ट्रपतिको भन्दा ज्यादा राम्रो छ ।
उनले त्यसै भनेका हैनन् । चुनावी आम सभामा हुन् नसक्ने र गर्न नसकिने प्रतिबद्धता उम्मेदवारहरुले गर्ने गर्छन । ट्रम्पले सपथ ग्रहणकै दिन आप्रवासीलाई देश निकाला गर्ने समेत मुख्य मुद्धा बनाएका छन् तर भन्न सजिलो गर्न समय लाग्ने छ ।
उनले गर्छन र प्रतिबद्ध छन् । तर छु मन्तर हुदैन । समय लाग्ने छन् । अब सपथ ग्रहण गर्ने बित्तिकै राष्ट्रपति जो बाइडेनले जारी गरेका सबै कार्यकारी आदेशलाई खारेज गर्नेछन् । ट्रम्पले बाइडेनका १४२ वटा कार्यकारी आदेश सबै भन्दा पहिला खारेज गर्नेछन् ।
नोभेम्बर ४ ,२०२४ सम्म, राष्ट्रपति जो बाइडेनले १४२ वटा कार्यकारी आदेश, २२१ राष्ट्रपति ज्ञापन, ७०० वटा घोषणाहरू, र १४५ सूचनाहरूमा हस्ताक्षर गरेका छन् । सपथ ग्रहण गरेको दिन सबैलाई खारेज गर्नेछन् ।
बाइडेनले कार्यालयमा प्रति वर्ष औसत ३८ वटा कार्यकारी आदेशहरू जारी गरेका छन् । जुन १९८१ यता पद सम्हालेका सात राष्ट्रपतिहरूमध्ये तेस्रो-सबैभन्दा कम औसत हो। पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको औसत यस समयसीमा भित्र उच्चतम छ । उनका औसत ५५ वटा कार्यकारी आदेशहरू छन् भने बराक ओबामाको औसत सबैभन्दा कम ३५ वटा कार्यकारी आदेश रहेका छन् ।
बिजयी भएमा युक्रेन युद्ध २४ घण्टाभित्र समाधान गर्ने भनाई राखे पछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रतिक्रिया व्यक्त गरेका थिए ।
जेलेन्स्कीले रोम भ्रमणको क्रममा ट्रम्प अमेरिकी राष्ट्रपति हुँदा युक्रेनमा पूर्ण-स्तरीय आक्रमण थिएन, तर त्यहाँ युद्ध थियो। युक्रेनमा पहिले नै रुसी आक्रमण थियो। क्राइमिया कब्जा गरिएको थियो, डोनबासको एक भाग कब्जा गरिएको बताएका थिए ।
ट्रम्पले सीएनएन टाउन हल(नगर सभा )मा युक्रेनमा रुसको युद्ध एकै दिनमा टुङ्ग्याउने बताएका थिए ।
प्रतिक्रिया