फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबिआई)ले झुटो चुनावी श्रब्यदृश्य(भिडियो )हरुबारे चेतावनी दिएको छ।
एफबीआईले “चुनाव सुरक्षासँग सम्बन्धित” अनलाइन(विद्युत )मा प्रसारित दुईवटा झुटो श्रब्यदृश्य(भिडियो)हरूको बारेमा शनिबार चेतावनी जारी गरेको छ ।
एउटा श्रब्यदृश्य (भिडियो)मा “मतपत्र जालसाजी गर्ने तीन जोडिएका समूहहरू” भएको आशंका गरेको र अर्को व्यक्ति डग एमहोफसँग सम्बन्धित रहेको दाबी गरेको छ।
“यी श्रब्यदृश्य (भिडियो)हरू प्रामाणिक हैनन्, एफबीआईको होइन र तिनीहरूले चित्रण गरेको सामग्री गलत छ,” एफबीआईले सामाजिक संजाल एक्समा प्रकाशन गरिएको बिज्ञप्तिमा भनिएको छ ।
अमेरिकीहरूले आफ्नो मतदानको अधिकार प्रयोग गर्दा हाम्रा समुदायहरूको सुरक्षा गर्न , चुनावी धम्कीहरूको जवाफ दिन एफबीआईले राज्य तथा स्थानीय कानून प्रवर्तन साझेदारहरूसँग मिलेर काम गरिरहेको जनाएको छ ।
प्रतिक्रिया