अमेरिकी राष्ट्रपतिमा कसले जित्ने भन्ने बारे ७ वटा राज्यहरुले निर्णय दिन सक्ने सिएनएनले जनाएको छ । ती राज्यहरु आखिर कुन कुन हुन् ?
अमेरिकाको ५० वटा अन्य राज्यहरु मध्ये एरिजोना, विस्कन्सिन, नर्थ क्यारोलाइना ,जर्जिया, मिशिगन, नेभादा र पेन्सिलभेनिया सात वटा राज्यहरूले संयुक्त राज्य अमेरिकाको अर्को राष्ट्रपति चयन गर्न महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
स्विङ्ग स्टेट अर्थात् युद्धभूमि राज्य के हो र मत दिन किन यति महत्त्वपूर्ण छ?
यी राज्यहरुमा स्थायी रुपमा एकै दलका राष्ट्रपतिलाई जिताएका छैनन् । डेमोक्र्याटिक तथा रिपब्लिकनका दुवै उम्मेदवारहरुले बिगतमा बाजी मारेका थिए । यी राज्यहरुले उपराष्ट्रपति कमला ह्यारिस तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प मध्ये एकलाई जिताउन अहम भूमिका निर्वाह गर्न सक्नेछन् ।
सन् २०१६ मा ट्रम्पले हिलारी क्लिन्टनलाई यी स्विङ्ग स्टेट (युद्धभूमि)राज्यमा हराएका थिए तर सन् २०२० मा ट्रम्पलाई राष्ट्रपति जो बाइडेनले यिनै राज्यहरुमा हराएका थिए । यस पटक पुन पासा पल्टिन पनि सक्छ । ४ बर्ष सम्म डेमोक्र्याटहरुले चलाएको शाषनबाट निरास भएकाले फेरी ट्रम्पलाई मतदान पनि गर्न सक्ने अवस्था पनि छ । तर मतसर्वेक्षणमा ह्यारिस र ट्रम्प बीच ऐतिहासिक कडा प्रतिश्प्रद्धा देखिएको छ ।
अमेरिकामा बिगतमा पनि एक पटक मात्र रास्ट्रपति पदमा चित्त बुझाएका थुर्पै राष्ट्रपतिहरु छन् । सबै भन्दा महत्वपूर्ण भनेको ५३८ इलेक्टोरल कलेज भोटहरू अर्थात् निर्वाचकीय मतले पुरै फरक पार्नेछ ।
अमेरिकाको ५० वटै राज्य मध्ये प्रत्येक राज्यले कम्तिमा तीन वटा निर्वाचकीय मत हाल्न पाउँछ। तर त्यस्ता राज्यहरुको कङ्ग्रेसको जनप्रतिनिधिको आकारमा निर्भर गर्दछ। उदाहरणको रुपमा क्यालिफोर्निया ,टेक्सस जस्ता ठूला राज्यहरुमा निर्वाचकीय मत ( इलेक्टोरल कलेज भोट)ज्यादा हुन्छन ।
कांग्रेसका सिटहरू प्रत्येक राज्यलाई तिनीहरूको जनसंख्याको आधारमा तोकिएको छ। सबैभन्दा साना राज्यहरूले तीन वटा निर्वाचकीय मतहरू पाउँछन् (दुई सिनेटर र एक कांग्रेस सदस्य )। उदारहणको लागि वाशिंगटन डिसीले पनि ३ पाउँछ। धेरै जनसंख्या भएका राज्यहरूले धेरै पाउँछन् ।
उदाहरणको लागि क्यालिफोर्नियाले ५४,टेक्ससले ४० ,फ्लोरिडाले ३० र न्यूयोर्कले २८ निर्वाचकीय मतहरू प्रयोग गर्न पाउने छ ।
लगभग सबै राज्यहरूमा विजयी उम्मेद्वारले सबै चुनावी मतहरू लिन्छ। ट्रम्पले जिते ट्रम्पले पाउने र ह्यारिसले जिते ह्यारिसले पाउने छिन् । यो चुनाव जित्न २७० वा सोभन्दा बढी इलेक्टोरल भोट ( निर्वाचकीय मत )प्राप्त गर्ने उम्मेदवार राष्ट्रपति बन्ने छन् ।
केही राज्यहरू ऐतिहासिक रूपमा नीलो (जहाँ डेमोक्र्याट हावी छन्) वा रातो (जहाँ रिपब्लिकनहरू हावी छन्)। रणभूमि राज्यहरू ती हुन् जहाँ मतदाताहरू लगातार एउटै पार्टीलाई मतदान गर्ने झुकाव गर्दैनन्, तर युद्धभूमि राज्यहरू चुनावबाट चुनावमा परिवर्तन हुन सक्छन्।
पेन्सिल्भेनिया जस्ता ठूला रणभूमि राज्यहरूमा कंग्रेसका सिट(स्थान)हरू बढी छन्, । यदि उम्मेदवारले तीन वा बढी युद्धभूमि राज्यहरू जित्यो भने उनीहरूले चुनाव जित्ने सम्भावना बढी हुन्छ।
यसैले सात रणभूमि राज्यले को राष्ट्रपति बन्ने निर्धारण गर्न सक्ने सिएनएनले उल्लेख गरेको छ ।
प्रतिक्रिया