अमेरिकी चर्चित र्यापर तथा गीतकार कार्डी बीले उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेकी छिन् । उनले अमेरिकाको विस्कनसिन राज्यको मिलवाकीमा ह्यारिसलाई समर्थन गरिन ।
साथै सुरुमै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प बिरुद्ध आलोचना गरिन । “महिलाहरूले अधिकारको हकमा उनलाई विश्वास गर्दैनन्” भनेर चेतावनी दिईन ।
र्यापर उपराष्ट्रपति ह्यारिस रास्ट्रपति पदको लागि चुनावी दौडमा प्रवेश नगरेसम्म यस वर्ष पनि मतदान गर्ने योजना नबनाएको उनले बताइन ।
“उनले मेरो दिमाग पूर्ण रूपमा परिवर्तन गरिन्,” कार्डी बीले भनिन्। उनले आफ्नो कथा ह्यारिससँग पनि जोडिन्। मलाई कम मूल्याङ्कन गरिएको छ, मेरो सफलतालाई बेवास्ता गरियो र बदनाम गरियो। महिलाहरूले १० गुणा कडा परिश्रम गर्नुपर्छ, १० गुणा राम्रो प्रदर्शन गर्नुपर्छ, र अझै पनि मानिसहरूले हामीलाई प्रश्न गर्छन् ,उनले भनिन् ।
उनले ह्यारिसका केही नीति प्रस्तावहरू पढिन । कार्डी बीले आफ्नो १० मिनेटको भाषणको एक अंश यस ट्रम्पको टिप्पणीमा बिताइन् ।
“डोनाल्ड ट्रम्प जस्ता मानिसहरूले महिला अधिकारको हकमा विश्वास गर्दैनन्,” उनले भनिन् ।
प्रतिक्रिया