एनबिसीन्यूजका अनुसार बिश्वकै सर्वाधिक धनाढ्य इलन मस्कले दैनिक १ मिलियन (१० लाख डलर ) को-कसलाई वितरण गरे त् भन्ने जिज्ञाशामा बिजेताहरु अधिकाँश रिपब्लिकन नै भएको खुलाशा गरेको छ ।
प्रदान गरिएको नियम अनुसार तिनीहरू सबै दर्ता गरिएका मतदाताहरु हुन् । पुरस्कार प्राप्त गर्ने तिनीहरू सबै स्विङ्ग स्टेट (युद्धभूमि राज्य)हरूमा बसोबास गर्छन । तिनीहरू सबैले मस्कको याचिकामा हस्ताक्षर गरेका छन् । उक्त याचिकामा “स्वतन्त्र भाषण तथा हतियार राख्न पाउने अधिकारको पक्षमा”दर्ता गराएमा १ मिलियन डलरको घोषणा गरेका थिए । उनको यो विवादस्पद पुरस्कार बिरुद्ध अमेरिकी न्याय बिभाग पनि लागेको छ भने फिलाडेल्फियाले मुद्धा दायर समेत गरेको छ ।
यद्यपि याचिकामा उनीहरूको हस्ताक्षरहरू सार्वजनिक छैनन्। एनबिसीन्यूजका अनुसार तिनीहरू लगभग सबै दर्ता रिपब्लिकन हुन् वा रिपब्लिकन झुकाव देखिन्छन्। राज्यको मतदाता नामावली अनुसार हालसम्मका १४ विजेताहरू मध्ये ९ जना रिपब्लिकन दर्ता भएका छन्। १० औं विजेता एक राज्यमा बस्छिन् जसले सार्वजनिक रुपमा दल सम्बद्धता हेर्न अनुमति दिँदैन, तर उनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा सामाजिक संजाल नियमित रूपमा प्रकाशन गर्छिन्।
र अन्य चार जना त्यस राज्यहरूमा बसोबास गर्छन् जहाँ मतदाताहरूले दल सम्बद्धताको साथ मतदान गर्न दर्ता गर्दैनन्, तर तिनीहरूमध्ये एकले सामाजिक संजालमा ट्रम्प समर्थक सन्देशहरू प्रकाशन गरि रहन्छन ।
अर्का एकले मस्कको अमेरिका पीएसीबाट एक श्रब्यदृश्य (भिडियो)मा आफूलाई पूर्व डेमोक्र्याटको रूपमा वर्णन गरेका छन् । । ती चार मध्ये अर्काले एक अन्तर्वार्तामा ट्रम्पलाई समर्थन गर्ने पहिले नै मतदान गरिसकेका छन्।
मस्कले अक्टोबर २० मा आफ्नो सामाजिक संजाल एक्समा याचिका भरेमा भाग्यशालीले १ मिलियन डलर जित्ने घोषणा गरेका थिए । तपाईहरु कुनै पनि राजनीतिक दलको हुन सक्ने र तपाईहरुले मतदान नदिए पनि हुने मस्कले घोषणामा भनेका थिए ।
यद्यपि १४ जना भाग्यशाली विजेताहरू मध्ये कुनै पनि दर्ता गरिएको डेमोक्र्याट वा उपराष्ट्रपति कमला ह्यारिसको लागि समर्थक नदेखिएको एनबिसीन्यूजले जनाएको छ ।
प्रतिक्रिया