अमेरिकामा आइतबार रातीबाट समय परिवर्तन हुने ,नेपाली समुदायले घडी मिलाउनु पर्ने

इनेप्लिज २०८१ कार्तिक १६ गते २०:५५ मा प्रकाशित

अमेरिकामा आइतबार राती समय परिवर्तन हुनेछ । अमेरिकामा बसोबास गर्ने नेपाली समुदायले आइतबार राति आफ्नो घडी समायोजन गर्नु पर्नेछ । अमेरिकामा डेलाइट सेभिङ्ग टाइम अर्थात् नेपालीमा जसलाई अरुणोदय बचत समय भनिन्छ ।

डेलाइट सेभिङ्ग टाइम ( अरुणोदय बचत समय )आइतवार, नोभेम्बर ३ ,२०२४ को २ :०० बजे सुरु हुनेछ । अर्थात् धेरै जसो अमेरिकीहरुले शनिबार राती घडीहरू १ घण्टा पछाडी फर्काउने छन् । अर्थात् हामी सबैले १ घण्टा पछाडी बनाउनु पर्नेछ ।

शनिबार नोभेम्बर २ ,२०२४ को राती सुत्नु अघि आफ्नो घडीहरू एक घण्टा पछाडि बनाउन नबिर्सनुहोस्।

नोभेम्बर ३ ,२०२४ मा सूर्योदय र सूर्यास्त अघिल्लो दिनको तुलनामा करिब १ घण्टा छिटो हुनेछ। तर साँझमा थप अध्यारो हुने र छिट्टै रात पर्नेछ । समय परिवर्तनको कारणले सूर्योदय र सूर्यास्त करिब एक घण्टा अगाडि हुनेछ। नोभेम्बर ३ मा हाम्रो संचार उपकरणहरुमा १:५९:५९ एम हुन्छ ।

हामी २ बजे एएम(विहान) हुँदा बिहान १ बजे समय फर्कने छ । तसर्थ हामी सबैले हाम्रा घडीहरू समायोजन गर्नु पर्ने हुन्छ । उदाहरणको लागीन्यूयोर्क शहरमा, सूर्य ५:५० मा अस्त हुने नोभेम्बर २ मा तर भोलिपल्ट नोभेम्बर ३ मा समाप्त भएपछि सूर्य ४:४९ बजे अस्ताउनेछ।

डेलाइट सेभिङ्ग टाइम (डिएसटी ) अर्थात् अरुणोदय बचत समय भनेको गर्मी महिनाहरूमा स्टानडर्ड टाईम (अर्थात् मानक समय)बाट एक घण्टा अगाडी समायोजन गर्ने एक अभ्यास हो । यसलाई अमेरिकामा ”डेलाईट सेभिङ्ग टाइम ” नामाकरण गरिएको छ ।

राति २ बजे ( अरुणोदय बचत समय (डेलाईट सेभिङ्ग टाइम)को सुरु हुनेछ । अर्थात् घडीको सुइरोलाई २ बजे बनाएर सुत्नु पर्ने हुन्छ । तसर्थ हामीले घडीको सुई १ घण्टा पछाडी बनाउनु पर्ने हुन्छ ।

के हो यो वास्तविकता :

आईतबार ,नोभेम्बर ३ को दिन अरुणोदय बचत समय (डेलाईट सेभिङ्ग टाइम )२ बजे सुरु हुनेछ ,र आफ्ना घडीहरु १ घण्टा पछाडी बनाउनु पर्छ । यसलाई डेलाईट सेभिङ्ग टाइम भनिन्छ (एक बचन ) झुक्किएर पनि डेलाईट सेभिङ्गस् टाइम (बहुवचन ) नभन्नु होला ।

सन् २००७ देखि अमेरिकामा डेलाईट सेभिङ्ग टाइम (अरुणोदय बचत समय)सुरु मार्चको दोश्रो आईतबार र अन्त्य नोभेम्बरको प्रथम आइतबार गरिएको हो ।

ईतिहास यस्तो छ :

१७८४ मा डेलाईट सेभिङ्ग(अरुणोदय बचत समय)को प्रथम अवधारणा बेन्जामिन फ्रान्कलिनले ल्याएका हुन। १९१४-१९१८ सम्म बेलायत प्रथम बिश्व युद्धमा डेलाईट सेभिङ्ग टाइम(अरुणोदय बचत समय)मा चलेको थियो ।

मार्च १९ ,१९१८ मा अमेरिकामा स्टान्डर्ड टाइम एक्ट ( स्तरीय समय कानुन )ले समय क्षेत्र तथा डेलाईट सेभिङ्ग टाइम (अरुणोदय बचत समय)स्थापित गर्यो ।

संयुक्त राज्य अमेरिकामा समय क्षेत्रहरू १९१८ मा मानक समय अधिनियमद्वारा स्थापित गरिएको थियो भने यसलाई १९१९ मा रद्द गरियो। दोस्रो विश्वयुद्धको समयमा पुनर्स्थापित गरियो । १९४५-१९६६ सम्म अरुणोदय बचत समय सम्बन्धमा कुनै संघीय कानुन थिएन । तर १९६६ मा समान समय अधिनियमले यसलाई फेरि संघीय कानून बनायो ।

१९७४- १९७५ सम्म कंग्रेसले एक घण्टा घडीको सुई पछाडी पारि उर्जा संकटमा सुरक्षित गर्न समय विस्तार गरेको थियो । १९८६-२००६ सम्म डेलाईट सेभिङ्ग टाइम अप्रिल महिनाको प्रथम आइतबारबाट सुरु हुने र अक्टोबरको अन्तिम आइतबार समाप्त हुने थियो ।

तर तत्कालिन राष्ट्रपति जर्ज डब्लु बुशले अगस्त ८ ,२००५ मा उर्जा नीति नीतिमा हस्ताक्षर गरि बिधेयक बनेको थियो । त्यही समय देखि मार्चको दोश्रो आईतबार र अन्त्य नोभेम्बरको प्रथम आइतबार समाप्त हुने बनाईएको हो ।

डेलाईट सेभिङ्ग टाइम अमेरिकाका कुन ठाउँमा लागु हुदैन र कुन क्षेत्रमा यसको असर हुदैन –

सयुक्त राज्य अमेरिकाको हवाई र एरिजोनाका अत्यधिक स्थानमा यसलाई अनुगमन गर्दैनन् । अमेरिकाका क्षेत्र(भूभाग) ग्वाम,पुर्टोरिको ,भर्जिन आइल्याण्ड,अमेरिकन समोआले यसलाई पालना गर्दैनन् ।

बिश्वका कुन कुन देशले यो संक्षेपमा (डिएलएस )पालना गर्छन त ?

बिश्व भर ७० वटा देशले यसलाई मान्दछन । भूमध्यरेखाका नजिक पर्ने देशले घडी मिलाई रहदैनन । चीन र जापानले पनि यसलाई मान्दैनन।

अमेरिकी सिनेटमा यस सम्बन्धि के भयो :

गत बर्ष २०२२ मा अमेरिकी सिनेटले डेलाइट सेभिङ टाइमलाई स्थायी बनाउने विधेयकलाई अनुमोदन गर्यो । सिनेटले सनसाइन प्रोटेक्शन एक्ट(सुर्योदय सुरक्षा बिधेयक )पारित गर्‍यो । अमेरिकी सिनेटले घडीहरूको दुई पटक-वार्षिक परिवर्तनको अन्त्य गर्दै २०२३ मा डेलाइट सेभिङ टाइम(अरुणोदय बचत समय)लाई स्थायी बनाउने कानून पारित गर्‍यो।

फ्लोरिडाका सशक्त रिपब्लिकनका सिनेटर मार्को रुबियो बिधेयक प्रायोजकहरू मध्ये एकले बिमानसेवा (एयरलाइन्स) र प्रसारणकर्ताहरूको निश्चित (इनपुट) पछि नोभेम्बर २०२३ सम्म परिवर्तन हुनेछैन भनेर सहमत भएका थिए । यो विधेयकलाई फ्लोरिडाका रुबियो लगायत १७ द्विपक्षीय सहप्रायोजकहरूले समर्थन गरेका थिए ।

श्रोत : विभिन्न पत्र पत्रिका तथा गुगल खोज

प्रतिक्रिया