ट्रम्पले न्यु मेक्सिकोमा चुनावी अभियानमा आफूले दुई पटक चुनाव जितेको दाबी

इनेप्लिज २०८१ कार्तिक १५ गते २३:३१ मा प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यु मेक्सिकोमा चुनावी अभियानमा आफूले दुई पटक चुनाव जितेको दाबी गरे ।

चुनाव हुन् केवल पाँच दिन अगाडी ट्रम्पले आल्बुकर्कीमा विगतको चुनावी नतिजाहरूको बारेमा झूटा र निराधार दावीहरू गरेको एबिसीन्यूजले जनाएको छ ।

ट्रम्पले आफ्नो अघिल्लो राष्ट्रपतिको दुवै दौडमा न्यू मेक्सिको जितेको दाबी गरे । स्मरण रहोस ,हिलारी क्लिन्टनले २०१६ मा ८ अंकले जितेकी थिइन् भने राष्ट्रपति जो बाइडेनले २०२० मा १० अंकले जितेका थिए। ।

उनले मलाई यहाँ नआउनु होस् र तपाई यहाँ जित्न सक्दैनौ भनेका थिए । मैले चुनाव गणनामा धाँधली भएको मैले उनीहरुलाई बताए । हामीले न्यू मेक्सिको जित्न सक्छौँ,ट्रम्पले भने।

ट्रम्पले समर्थकहरूले “मतलाई इमान्दार राख्न” र “मत हाम्रै पक्षमा राख्न सक्ने उन्यू मेक्सिको र क्यालिफोर्निया जस्ता राज्यहरू जित्न सक्ने बताए ।

सम्बोधनकै क्रममा हामीले लगभग दुई पटक जित्यौं ,उनले भने ।

प्रतिक्रिया