लेबनानमा इजरायली हमलामा ५ जनाको मृत्यु, ३३ घाइते

इनेप्लिज २०८१ कार्तिक १४ गते ११:३४ मा प्रकाशित

लेबनानको जनस्वास्थ्य मन्त्रालयका अनुसार मङ्गलबार लेबनानको सिडोन शहरको सैदा छिमेकमा इजरायली आक्रमणमा परी कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य ३३ जना घाइते भएका छन् ।

लेबनानमा सोमबार इजरायली आक्रमणमा कम्तिमा ८२ जनाको मृत्यु भएको र १८० जना घाइते भएकाले लेबनानमा इजरायलको बढ्दो आक्रमणबाट मारिनेको कुल संख्या २,७९२ पुगेको र १२,७७२ जना घाइते भएको मन्त्रालयले जनाएको छ।

मङ्गलबार लेबनानका विभिन्न क्षेत्रहरूमा कम्तिमा १३८ वटा हवाई आक्रमणहरू भएको अभिलेख(रेकर्ड) गरिएका छन् । अधिकांशजसो आक्रमणहरु दक्षिणमा केन्द्रित, नाबाटिएह र बालबेक-हर्मेलमा भएको लेबनानी प्रधानमन्त्रीको कार्यालयले मंगलबार बतायो ।

प्रतिक्रिया