अनेसास डी. सी. मेट्रो च्याप्टरको निर्वाचन आगामी नोभेम्बर १८ मा

इनेप्लिज २०८१ कार्तिक १३ गते २३:०४ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्टन डी.सी. मेट्रो च्याप्टरको नयाँ कार्यसमितिको निर्वाचन आगामी नोभेम्बर १८ तारिख सोमबार हुने भएको छ ।

यही अक्टोबर १९ मा बसेको च्याप्टर कार्यसमितिको बैठकले अनेसास बिओटीका पूर्व सचिव शिव लामिछानेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरी अनेसासको विधान, २०२१ अनुसार निर्वाचन सम्पन्न गर्न जिम्मेवारी दिएको छ ।

निर्वाचन समितिमा परशु तिमल्सिना र पुष्पा घिमिरे सदस्य रहनु भएको छ ।

निर्वाचन समितिले हिजो बैठक बसी आगामी नोभेम्बर १८ मा डी.सी. मेट्रो च्याप्टर कार्यसमितिको निर्वाचन गर्नका लागि निर्वाचनको कार्यतालिका सहित पहिलो सूचना सार्वजनिक गरेको छ ।

सूचनाको पूर्ण पाठ यसैसाथ संलग्न गरिएको छ :

प्रतिक्रिया