अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व व्हाइट हाउस प्रमुख रणनीतिकार स्टिभ ब्यानन ४ महिनाको कारागार सजायपछि रिहा भएको लगत्तै पत्रकार सम्मेलन गरे ।
उनले उपराष्ट्रपति कमला ह्यारिस र पूर्व सभामुख न्यान्सी पेलोसी प्रति आक्रोश ब्यक्त गरे । उनले पत्रकार सम्मेलन ह्यारिसको नाम कम्तिमा पनि दर्जनौ पटक लिदै उनि बिरुद्ध आक्रोस व्यक्त गरे ।
ब्याननलाई मंगलबार बिहान संघीय कारागारबाट रिहा गरियो । तत्कालै पूर्व राष्ट्रपतिको लागि आफ्नो समर्थन सशक्त रुपमा सुरु गरे ।
रिपब्लिकनहरूलाई अर्को हप्ता ठूलो संख्यामा डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई हराउन आग्रह गरे। ।
जनवरी ६ ,२०२१ मा अमेरिकी संसद(क्यापिटल )मा भएको आक्रमणको बारेमा कङ्ग्रेसको अनुसन्धानमा हाजिर हुन् बोलाउदा अवहेलना गरेकोमा ब्याननले चार महिनाको कारागार जाय भोगे।
उनले ड्यानबरी, कनेक्टिकटको संघीय सुधार संस्था छोडे र न्यूयोर्कको म्यानह्याटन पुगे । उनले दिउँसो पत्रकार सम्मेलन आयोजना गरे ।
“म अन्ततः एक राजनीतिक बन्दीबाट बाहिर छु,” ब्याननले पत्रकार सम्मेलनमा घोषणा गरे । “मलाई लाग्छ आज तपाईहरुले देख्न सक्नुहुन्छ कि म निरास भएको छु। ड्यानबरी संघीय कारागारमा मेरो चार महिनाले मलाई अधिकार दिएको छ। अनुभव सशक्त थियो, उनले भने ।
मैले काम गर्ने वर्गका अल्पसंख्यकहरू युवा अफ्रिकी अमेरिकी पुरुषहरू र हिस्पानिक पुरुषहरू हुन् । पोर्टोरिकन पुरुषहरू र तिनीहरूको जीवन के हो भन्ने कुरा सुन्न, अवलोकन गर्न र सिक्न सक्षम भएँ,” ब्याननले भने ।
उनले २०२० को चुनाव “चोरी” भएको उनको निराधार दावी पनि दोहोर्याए । न्यान्सी पेलोसीले मलाई एक राजनीतिक कैदीको रूपमा संघीय जेल पठाईन ,उनले भने ।
“यसले मलाई निरास हैन ,मलाई सशक्त बनायो,” उनले भने। आफ्नो रिहाई पछि ट्रम्पसँग कुरा गरेको बताए । तर कुनै पनि विवरण खुलाउन अस्वीकार गरे।
उनले अझै मंगलबार आफ्ना पुराना दावीहरूलाई अझ दोब्बर पारे ।
प्रतिक्रिया