अमेरिकाको फिलाडेल्फिया जिल्ला न्यायधिवक्ताको कार्यालयद्वारा इलन मस्क विरुद्ध मुद्धा दायर

इनेप्लिज २०८१ कार्तिक १३ गते १०:३८ मा प्रकाशित

अमेरिकाको फिलाडेल्फिया जिल्ला न्यायधिवक्ताको कार्यालयले इलन मस्क विरुद्ध मुद्धा दायर गरेको छ ।

फिलाडेल्फिया जिल्ला न्यायधिवक्ताको कार्यालयले बिश्वकै सर्वाधिक धनि अरबपति इलन मस्कद्वारा सञ्चालित राजनीतिक कार्य समितिलाई युद्धक्षेत्र (स्विङ )राज्यहरूमा दर्ता भएका मतदाताहरूलाई १० लाख डलर दिनबाट रोक्नको लागि मुद्दा दायर गरेको छ।

फिलाडेल्फिया जिल्ला न्यायधिवक्ता ल्यारी क्रास्नरको मुद्दामा मस्क र उनको अमेरिका पीएसीले राष्ट्रपति चुनावमा मतदातालाई प्रभाव पार्ने प्रयास गरेको आरोप लगाइएको छ।

अमेरिकी न्याय विभागले मस्कद्वारा स्थापित सुपर पीएसीलाई पत्र पठाएको छ । दर्तावाल मतदाताहरूलाई १ मिलियन डलर भुक्तान गर्ने विरुद्ध संघीय कानूनको उल्लङ्घन गर्न सक्ने चेतावनी दिएको छ।

टेस्ला र स्पेसएक्सका संस्थापक तथा बिश्वकै धनाढ्य मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पको उम्मेदवारीमा पूर्ण रूपमा समर्थन गरेका छन् । र ,धेरै आमसभामा स्वयम् उपस्थिति भै भाषण दिदै आएका छन् ।

अभिव्यक्ति स्वतन्त्रता र हतियार बोक्ने अधिकारको लागि आह्वान गरेको पीएसीको याचिकामा हस्ताक्षर गर्नका लागि मतदाताहरूलाई दिनमा १० मिलियन डलर दिने वाचा गरेका छन्। र यो क्रम जारी रहेको छ ।

प्रतिक्रिया