अमेरिकाको डिसी क्षेत्रको हेमार्केट भर्जिनियामा पहिलो पटक कुकुर तिहार मनाइएको छ । अब हरेक बर्षको अक्टोबर महिनाको अन्तिम आइतबार कुकुर तिहार मनाइने घोषणा गरिएको छ ।
गत अक्टोबर २७ का दिन दिउँसो १२ बजेदेखि ४ बजे सम्म हेमार्केट भर्जिनियामा आयोजना कुकुर तिहार धुमधामले श्रद्धापूर्वक सम्पन्न गरियो । कार्यक्रममा डिसी,मेरिल्याण्ड र भर्जिनिया क्षेत्रका दर्जनौ दर्जन कुकुरहरु ल्याइएको थियो ।
उक्त उत्सवमा करिव २०० जना जतिले सहभागिता जनाएका थिए । कार्यक्रममा कुकुरलाई सम्मान गर्ने हेतुले रातो गलैचा जस्तै प्लास्टिकको लामो कपडा ओछ्याई कुकुरहरुलाई त्यहाँ हिडाईएको थियो ।
कुकुरहरुलाई अमेरिकामा दिईने खाना दिनुको साथै पन्च कन्या तथा स्वयम सेवकहरुले टिका तथा सयपत्रीको जस्तै प्लास्टिकको माला लगाई दिएका थिए । बिदेशी पाहुनाहरु पनि हर्षित हुदै सहभागिता जनाएका थिए । उनीहरुले पनि कुकुरहरु ल्याएका थिए ।
उनीहरुले आयोजकलाई धन्यबाद दिनुको साथै खुसि व्यक्त गरे ।
त्यस क्षेत्रमा समाज सेवी जीवन तिवारीले हरेक वर्ष अक्टोबर महिनाको अन्तिम आइतवारलाई अमेरिकामा कुकुर तिहार दिवसका रूपमा मनाउने प्रस्ताव राखे । सबै कुकुर प्रेमीहरू र मालिकहरुलाई उत्सवमा सहभागी हुने सबैलाई उनले स्वागत गरे।
उनले छोटो मन्तब्यको क्रममा भने, “आज तपाईहरू सबै संयुक्त राज्य अमेरिकामा कुकुर तिहारका संस्थापक हुनु भयो । एक दिन कसलाई के थाहा ? हामीले कुकुर तिहार संग्रहालय पनि यहाँ देख्न सक्छौं । आजको ५० बर्षमा हाम्रा सन्ततीले हामीलाई सम्झने छन् । उपस्थित भएका महिला तथा पुरुष सबै यसको संस्थापक सदस्य भएको बताए ।
पहिलो कुकुर तिहार कार्यक्रमले अमेरिकामा एउटा नयाँ परम्परा स्थापित गरेको छ । तिवारीले अगाडी भने यो चाड उत्सव भन्दा बढी हो । अमेरिकामा कुकुर उत्सव नेपालले मनाउने भन्दा अगाडी मनाईएको हो । अमेरिकामा बिदाको दिनको साइत बनाएर पहिलो पटक कार्यक्रम गर्ने हुँदा नेपाल भन्दा अगाडी नै मनाईएको छ ।
कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ ।
नेपालमा कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ ।
वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेहरुको सङ्ख्या समेत बढ्न थालेको छ ।
तस्बिर कृतज्ञता : सहदेव पौडेल
प्रतिक्रिया