इरानले इजरायली आक्रमणको सामना गर्न पछि हट्ने छैन : इरानी राष्ट्रपति

इनेप्लिज २०८१ कार्तिक १२ गते ११:२३ मा प्रकाशित

इरानले इजरायली आक्रमणको सामना गर्न पछि नहट्ने इरानी राष्ट्रपतिले बताए ।

इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आइतबार इरानमाथि इजरायलले गरेको आक्रमणपछि आफ्नो देश दृढतापूर्वक उभिने बताएका छन् ।

स्वतन्त्र जनताहरू यस आपराधिक, रक्तपिपासु शासनको सामना गर्न पछि हट्ने छैनन्। हामीले सधैं हाम्रा जनताको अधिकारको रक्षा गरेका छौं र त्यसो गरिरहनेछौं,” एसोसिएटेड प्रेसका अनुसार पेजेस्कियानले मन्त्रीमंडलका सदस्यहरूलाई सम्बोधनका क्रममा भने।

यसअघि इरानको सरकारी दूरदर्शन (टिभी)का अनुसार राष्ट्रपति पेजेस्कियानले इरानले इजरायललाई “उचित रूपमा” जवाफ दिने बताएका थिए।

इजरायलले यस महिनाको सुरु (अक्टोबर १ )मा इरानले इजरायलमा प्रहार गरेको प्राक्षेपिक क्षेप्यास्त्र (ब्यालेस्टिक क्षेप्यास्त्र)को बदलामा गत शनिबार बिहान इरानमा सैन्य लक्ष्यहरूमा आक्रमण गरेको थियो ।।

पेजेस्कियानले इजरायलको आक्रमण र अपराध जारी रहेमा तनाव बढ्ने चेतावनी पनि दिए।

प्रतिक्रिया