अमेरिकामा चुनाव हुनु अगावै झण्डै ४ करोड २० लाख मतदाताद्वारा मतदान ,ट्रम्प या ह्यारिस कसले बाजी मार्ने ?

इनेप्लिज २०८१ कार्तिक १२ गते १०:४० मा प्रकाशित

अमेरिकामा चुनाव हुनु अगावै झण्डै ४ करोड २० लाख मतदाताद्वारा मतदान गरेका छन् ।

फ्लोरिडा विश्वविद्यालयको चुनावी प्रयोगशाला(University of Florida’s Election Lab.)को तथ्याङ्क अनुसार आइतबार दिउँसोसम्म करिब ४२ मिलियन अमेरिकीहरूले निर्वाचन मिति अगाडी नै मतदान गरेका छन्।

लगभग ४१.९ मिलियन अभिलेख (रेकर्ड )गरिएको डाक (मेल) तथा व्यक्तिगत रुपमा मतदान केन्द्रमा गइ मतदान गरेको उक्त संस्थाले जनाएको छ ।

लगभग २१ मिलियन अर्थात् २ करोड १० लाख हुलाक मार्फत पठाईएको डाक मतपत्रहरू चुनाव हुने स्थानमा राष्ट्रिय रूपमा फर्किइएका छन् ।

अग्रिम रुपमा मतदान गर्ने स्थानहरु अब अमेरिकाका ५० वटै राज्यहरू र डिस्ट्रिक अफ कोलम्बिया (डिसी)मा समेत मतदाताहरूका लागि मतदान खुला गरिएको छ । अधिकांश स्थानहरुमा धेरै प्रारम्भिक मतदान अवधिहरू चुनावको दिन अघि सप्ताहन्त सम्म रहने एबिसीन्यूजले जनाएको छ ।

यस पटक पछिल्लो मतसर्वेक्षणमा उपराष्ट्रपति कमला ह्यारिस तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प बीच अत्यन्तै प्रतिस्प्रद्धा रहेको छ । २ -३ अंकले अझै पनि ह्यारिस अगाडी देखिएकी छिन् ।

स्मरण रहोस ,मतसर्वेक्षणमा अगाडी देखाए पनि गोप्य मतदान भएकोले सन् २०१६ मा हिलारी क्लिन्टन जस्तै हुन् पनि सक्ने छ । किनभने ट्रम्पलाई सन् २०२० मै ७ करोड ४२ लाख जनताले मतदान गरेका थिए ।

प्रतिक्रिया