इजरायलले इरानमा आक्रमण गरे पछि संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक सोमबार बस्ने भएको छ ।
संयुक्त राष्ट्रका लागि इजरायली नियोगका अनुसार इरानमा इजरायलले गरेको जवाफी हमलापछि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक सोमबार बस्ने भएको हो ।
इरानले शनिबार बिहान इजरायलले आफ्नो विरुद्ध प्रत्यक्ष हमला गरेर अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेको दाबी गर्दै सुरक्षा परिषद्को बैठकको लागि अनुरोध गरेको थियो।
सुरक्षा परिषद्लाई लेखेको पत्रमा, संयुक्त राष्ट्रमा इरानको स्थायी नियोगले इजरायलको कार्य “इरानको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको गम्भीर उल्लङ्घन” र “अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्रको बडापत्रको स्पष्ट उल्लङ्घन” भनेको छ।
संयुक्त राष्ट्रका लागि इजरायलका राजदूत ड्यानी ड्याननले इरानको अनुरोध भनेको इरानले हामीलाई नोक्सान गर्ने अर्को प्रयास भएको बताए ।
डाननले इजरायलले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेको दाबीलाई “हास्यास्पद” को संज्ञा दिए । इजरायली आक्रमणबाट इरानमा सेनाका चार सदस्यको मृत्यु भएको छ ।
प्रतिक्रिया