नेतान्याहुद्वारा इरानी प्रतिरक्षालाई “गम्भीर रूपमा क्षति पुर्याएको” दाबी

इनेप्लिज २०८१ कार्तिक ११ गते ११:५५ मा प्रकाशित

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानमा इजरायलको हालैको आक्रमणले यसको रक्षा क्षमतालाई गम्भीर रूपमा क्षति पुर्याएको बताएका छन् । तर उनले थप विवरण नदिई क्षति पुगेको मात्र बताए ।

आक्रमणको सन्दर्भमा आफ्नो पहिलो टिप्पणीमा इजरायलले यस महिनाको सुरुमा इरानको प्राक्षेपिक क्षेप्यास्त्र (ब्यालिस्टिक मिसाइल )आक्रमणको कडा जवाफ दिने वाचा गरेको थियो ,उनले भने ।

“शनिबार बिहानको प्रारम्भिक समयमा हामीले हाम्रो वाचा पूरा गर्‍यौं र इरानको रक्षा क्षमता र हाम्रो विरुद्ध काम गर्ने क्षेप्यास्त्रहरू उत्पादन गर्ने क्षमतालाई गम्भीर रूपमा क्षति पुर्यायौं,” नेतान्याहुले भने।

उनले इरानी जनतालाई सम्बोधन गर्दै भने सम्पूर्ण क्षेत्रलाई खतरामा पार्ने तानाशाह शासन विरुद्ध हाम्रो संघर्ष हो । जसले हामीलाई चोट पुर्‍याउँछ, हामीले तिनीहरूलाई चोट पुर्‍याउँछौं । नेतन्याहुले इरानमा आइडिएफ आक्रमणमा “नजीकको समन्वय र सहयोग” को लागि अमेरिकालाई धन्यवाद दिए । आक्रमणले “सबै उद्देश्यहरू हासिल गर्यो” उनले भने ।

बाइडेन प्रशासनका अधिकारीहरूका अनुसार अमेरिका प्रत्यक्ष रूपमा आक्रमणमा संलग्न थिएन तर इजरायलसँग नजिकबाट परामर्श गरिरहेको छ । तर इरानले शनिबार बिहान देशभरि सैन्य सुविधाहरूमा आक्रमण गरेता पनि केही क्षेत्रमा “सीमित क्षति” निम्त्याएको बताएको छ । इरानको “एकीकृत वायु रक्षा प्रणालीले आक्रमण सफलतापूर्वक रोकिएको र प्रतिकार गरिएको समेत इरानले जनाएको छ ।

प्रतिक्रिया