मध्य इजरायलमा मालबाहक गाडी(ट्रक)ले यात्रुयान गाडी(बस)लाई ठक्कर दिँदा कम्तीमा ३५ जना घाइते भएका छन् । छ जनाको अवस्था गम्भिर रहेको सिएनएनले जनाएको छ ।
इजरायली आपतकालीन सेवा (एमडीए)का अनुसार मध्य इजरायलको एक सैन्य आधार (मिलिटरी बेस)नजिकै मालबाहक गाडीले यात्रुयान गाडीलाई ठक्कर दिँदा कम्तीमा ३५ जना घाइते भएका छन्।
एमडीएका अनुसार घाईते मध्ये छ जनाको अवस्था गम्भिर छ र पाँच जना सामान्य घाईते भएका छन् । घाइतेहरूलाई चार क्षेत्रीय अस्पतालमा लगिएको छ।
इजरायली प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा यात्रुहरूलाई छोड्न बस बिसौनी नजिकै यात्रीयान (बस)रोकेको अवस्थामा मालबाहक सवारी साधनले ठक्कर दिएको बताएको छ ।
प्रहरीले घटनास्थलमा रहेका सर्वसाधारणले चालकलाई प्रतिकार गरेका थिए । घटनालाई नियोजित आक्रमणको रुपमा हेरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया