अमेरिकाको टेक्सस राज्यको एक मतदान स्थलमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रचार प्रसार टोपी लगाई चुनावी कार्यकर्तालाई मुक्का प्रहार गरेको आरोपमा पक्राउ गरिएको छ ।
ट्रम्पका समर्थन गर्ने उक्त व्यक्तिलाई मतदान स्थलहरूमा उम्मेदवारलाई समर्थन गर्ने वस्तुहरू लगाउन निषेध गरिएको भने पछि उनले मुक्का हानेको एक शेरिफले शुक्रबार बताए ।
एक ६९ वर्षीय चुनावी कार्यकर्तालाई बिहीबार घटनास्थलमा उपचार गरियो । र,उनि शुक्रबार सान एन्टोनियो पुस्तकालयमा आफ्नो चुनाव मतदान केन्द्रमा फर्किएको सिबिएसन्यूजले जनाएको छ ।
अधिकारीहरूका अनुसार संदिग्धले एक वृद्ध व्यक्तिलाई आक्रमण गरेको आरोपमा पक्राउ गरिएको थियो । उनले थप आरोपहरू सामना गर्न सक्ने बेक्सर काउन्टी शेरिफ जेभियर सालाजारले भने।
बेक्सर काउन्टीका अनुसार आक्रमण गर्ने व्यक्तिको नाम जेसी लुत्जेनबर्गर भएको प्रहरीले बताएको छ । उनलाई शुक्रबार साँझ हिरासतमा लिइएको थियो ।
टेक्सस कानून अन्तर्गत मतदान स्थल भित्र उम्मेद्वारको पक्षमा वा विपक्षमा लुगा लगाउन निषेध गरिएको छ, किनकि यसलाई चुनाव प्रचार मानिन्छ।
लुत्जेनबर्गरले रातो मागा /ट्रम्पको टोपीमा मतदान स्थानमा प्रवेश गरेका थिए । उनले मतदान क्षेत्रमा आफ्नो टोपी हटाउनु पर्छ भनिएको थियो तर लुत्जेनबर्गरले मतदान गर्न अगाडि बढेका थिए । उनलाई पुस्तकालयबाट बाहिर लैजाँदा लुत्जेनबर्गरले सहायक मुक्का हाने त्यसपछि उनलाई धेरै पटक अनुहारमा मुक्का हानेका थिए ।
प्रतिक्रिया