अमेरिकाको सर्वोच्च अदालतद्वारा मेक्सिकोको १० बिलियन डलरको हतियार मुद्दा खारेज, बन्दूक निर्माताहरूलाई कानुनी सुरक्षा कायम

इनेप्लिज २०८२ जेठ २३ गते १५:१९ मा प्रकाशित

अमेरिकाको सर्वोच्च अदालतले बिहीबार मेक्सिकोले अमेरिकी शीर्ष बन्दूक निर्माता कम्पनीहरू विरुद्ध दायर गरेको १० बिलियन डलरको मुद्दा खारेज गरिदिएको छ। 

मेक्सिकोले यो मुद्दा अमेरिकन बन्दूक कम्पनीहरूको व्यापारिक गतिविधिले मेक्सिकन कार्टेल (अपराधीक गिरोह) हिंसा र रक्तपात बढाएको आरोप लगाउँदै दायर गरेको थियो।

सर्वोच्च अदालतको सर्वसम्मत निर्णयअनुसार अमेरिकी कानुन अन्तर्गत बन्दूक निर्माता कम्पनीहरूलाई उनीहरूको हतियार अपराधमा प्रयोग भएमा अधिकांश अवस्थामा उत्तरदायी बनाउने सकिँदैन।

स्मिथ एन्ड वेसनजस्ता ठूला निर्माताहरूले तल्लो अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा अपिल गरेका थिए, जसले उनीहरूलाई कानुन उल्लंघन गरेको आरोप लागेमा अपवाद स्वरूप मुद्दा अगाडि बढ्न सक्ने भनेको थियो।

तर न्यायाधीश एलिना केगनले लेखेको अदालतको निर्णयमा भनिएको छ, “मेक्सिकोले कुनै स्पष्ट आपराधिक कारोबार देखाउन सकेको छैन जसमा प्रतिवादी कम्पनीहरूले सघाएको आरोप प्रमाणित होस्।”

प्रतिक्रिया