इरानमा इजरायली आक्रमणबाट २ सैनिकको मृत्यु,इरानद्वारा आक्रमणको निन्दा र अन्तर्राष्ट्रिय कानूनको “स्पष्ट उल्लङ्घन” को संज्ञा

इनेप्लिज २०८१ कार्तिक १० गते १०:४७ मा प्रकाशित

इरानमा इजरायली आक्रमणबाट २ सैनिकको मृत्यु भएको छ ।

इरानको सेनाले एक विज्ञप्ति जारी गर्दै इरानमा इजरायली आक्रमणमा दुई सैनिकको मृत्यु भएको जनाएको छ।

इजरायल रक्षा बलले इरानमा सैन्य लक्ष्यहरू विरुद्ध “सटीक र लक्षित हमलाहरू” पूरा गरेको जनाएको छ । इजरायली सेनाले प्रतिशोधात्मक हमला पूरा भएको र लक्ष्य पूरा भएको जनाएको छ ।

इरानले इजरायलतर्फ यस वर्ष दुई पटक प्रहार गरेको क्षेप्यास्त्र उत्पादन गर्न प्रयोग हुने निर्माणस्थललाई निशाना बनाएको आईडीएफले बताएको छ ।

इरानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इजरायलको आक्रमणको निन्दा गरेको छ र यो कार्यलाई अन्तर्राष्ट्रिय कानूनको “स्पष्ट उल्लङ्घन” भनेको छ।

“इरानले आफ्नो सुरक्षा र महत्त्वपूर्ण हितको रक्षा गर्न इरानी राष्ट्रको सबै भौतिक र आध्यात्मिक क्षमताहरूको प्रयोगमा जोड दिन्छ, साथै क्षेत्रीय शान्ति र सुरक्षाको लागि आफ्नो कर्तव्यहरू पालना गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

शनिबार बिहान इजरायली हमलामा दुई इरानी सैनिकको मृत्यु भएको इरानी सेनाले जनाएको छ।

इजरायलले इरानमाथि गरेको जवाफी हमलाले तेहरान, खुजेस्तान र इलाम प्रान्तमा रहेको हवाई रक्षा प्रणाली र क्षेप्यास्त्र उत्पादन केन्द्रहरूलाई निशाना बनाएको थियो।

इरानी संचार माध्यममा प्रकाशित विज्ञप्तिमा भनिएको छ, “इरानी क्षेत्रको सुरक्षाको रक्षा गर्न र इरानको जनता र हितहरू विरुद्धको हानिलाई रोक्नको लागि इरानको सेनाले आपराधिक यहुदीवाद (जियोनिस्ट )निकायको आक्रमणको सामना गर्दै दुईजना जवानहरूको बलिदान दिएको छ।”

प्रतिक्रिया