इजरायलद्वारा “इरानी सैन्य लक्ष्य” मा आक्रमण जारी

इनेप्लिज २०८१ कार्तिक ९ गते २३:५९ मा प्रकाशित

इजरायलले “इरानमा सैन्य लक्ष्य” मा आक्रमण गरिरहेको बताएको छ । इजरायलको सेनाले “इरानमा सैन्य लक्ष्यहरूमा सटीक हमला गरिरहेको जनाएको छ । स्थानीय समय अनुसार शनिबार बिहान एक विज्ञप्तिमा आक्रमण भै रहेको बताएको छ ।

तेहरानमा विष्फोटहरू सुनिएको सिएनएनले जनाएको छ । इजरायल रक्षा बल (आईडीएफ)ले आक्रमणहरू इरानको आक्रमणको प्रतिक्रियामा दिएको जनाएको छ ।

“विश्वका सबै सार्वभौम देशहरू जस्तै इजरायलसँग जवाफ दिने अधिकार र कर्तव्य छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

अक्टोबर ७ देखि इजरायललाई सातवटा मोर्चाहरूमा इरानी भूमिबाट प्रत्यक्ष आक्रमणहरू सहित अथक आक्रमण गरिरहेको इजरायली रक्षा बलले जनाएको छ ।

आईडिएफ चेतावनी दिदै रक्षात्मक र आक्रामक क्षमताहरू पूर्ण रूपमा परिचालन गरिएको बताएको छ ।

प्रतिक्रिया