अमेरिकाको टेनेसी राज्यको मेम्फिसमा क्यान्सर वाक(अर्बुद रोग)को लागि पैदल यात्रा पश्च्यात एक चिकित्सा शास्त्रकी बिधार्थीको गोली हानी हत्या गरिएको छ । प्रहरीका अनुसार उनका पूर्व प्रेमी पक्राउ परेका छन् ।
उनको कथित हत्यारालाई प्रहरीहरुले पछ्याए पछि उनको गाडी दुर्घटना परे पछि उनलाई पक्राउ गरिएको थियो । चिकित्सा शास्त्रकी विद्यार्थीलाई सप्ताहन्तमा मेम्फिसमा क्यान्सर पैदल यात्रामा गोली हानी मारिएको अधिकारीहरूले बताए ।
संदिग्ध हत्यारा उनको पूर्व प्रेमीले उनको सवारी साधन( कार)मा गोली चलाएको घटनास्थलबाट भागेपछि उनको हत्यामा अभियोग लगाइएको छ ।
२२ वर्षीया एली क्लेयर यंगलाई गत शनिबार दिउँसो मेम्फिसको ठीक बाहिर शेल्बी फार्म्स पार्क(उद्यान)को आगन्तुक केन्द्रको सवारी साधन अड्डामा गोली हानी हत्या गरिएको शेल्बी काउन्टी शेरिफको कार्यालयले बताएको छ । मेम्फिस अग्नि नियन्त्रण तथा स्वास्थ्यकर्मीहरूले उनलाई घटनास्थलमा मृत घोषित गरे।
यंग टेनेसी विश्वविद्यालय स्वास्थ्य विज्ञान केन्द्रमा चिकित्सा बिभागकी विद्यार्थी थिइन । उनको पूर्व प्रेमी २६ बर्षिय ज्याक्सन हपरलाई शेल्बी काउन्टीमा धरौटी बिना राखिएको छ। पूर्व प्रेमीको गाडी यो गोलाबारी भएको स्थानबाट करिब ८० माईल उत्तरमा डायर काउन्टीको सडकमा गाडी पल्टिएको थियो ।
यंगको अन्त्येष्टिको लागि गोफन्ड मी संचालनमा ल्याइएको छ भने बुधबार बिहानसम्म लगभग ४०,००० डलर उठेको छ
प्रतिक्रिया