अमेरिकाको विस्कनसिन राज्यमा उपराष्ट्रपति कमला ह्यारिस चढेको सवारी साधन नजिक पुगेको एक मादक पदार्थ सेवन गरेको र लापरवाहीपूर्वक सुरक्षालाई खतरामा पारेको अभियोगमा एक व्यक्तिलाई हिरासतमा लिईएको छ ।
विस्कनसिन राज्यको मिलवाकीमा उपराष्ट्रपति कमला ह्यारिसलाई सुरक्षा दिई रहेका सुरक्षाकर्मीहरुले एक गाडीलाई गलत बाटो(रङ्ग वे)मा हिडिरहेको शंकास्पद मादक पदार्थ सेवन गरेको चालक देखे पछि उनलाई रोके र प्रकाउ गरिएको छ ।
गत सोमबार राति मिलवाकीको मुख्यशहर (डाउनटाउन)मा अन्तरराज्यीय बाटोको गलत दिसामा जाँदा उपराष्ट्रपति कमला ह्यारिसको सुरक्षा गाडी तर्फ आएका थिए ।
मिलवाकी काउन्टी शेरिफको कार्यालयका प्रवक्ता जेम्स बर्नेटका अनुसार, बेलुका ८:३० बजेभन्दा ठीक अघि एक ५५ वर्षीय मिलवाकी मानिसले सवारी साधन चलाउँदै राजमार्ग ९४ को पूर्वी मार्गमा कुरौदै गर्दा सुरक्षा सवारी साधन नजिक उनि पुगे पछि उनलाई रोकिएको थियो ।
प्रहरीहरुले चालकको गाडीमा रक्सीको खुला बक्सा फेला परेका थिए । त्यसपछि उनीहरूले चालकरलाई मादक पदार्थ सेवन गरेको र लापरवाहीपूर्वक सुरक्षालाई खतरामा पारेको अभियोगमा हिरासतमा लिए।
घटनामा कोही पनि घाइते भएनन् । “हामी मिलवाकी काउन्टी शेरिफको कार्यालयलाई यसको प्रतिक्रियाको लागि कृतज्ञ छौं जसले उनीहरूलाई सवारी साधन चालकलाई रोक्न र चालकलाई रक्सी सेवन गरेको छ या छैन बारेमा जाँच गर्न हिरासतमा लिन अनुमति दियो,” अमेरिकी गुप्तचरसेवाको विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया