इजरायली रक्षा बलले हेजबुल्लाहका वित्तीय लक्ष्यहरूमा ‘दर्जनौं’ हमला गरेको दाबी गरेको छ।
इजरायल डिफेन्स फोर्स(आइडिएफ)का लडाकु विमानहरूले “हेजबुल्लाह आतंककारी संगठनले आफ्ना आतंकवादी गतिविधिहरूलाई वित्त पोषण गर्न प्रयोग गर्ने दर्जनौं सुविधाहरू र स्थलहरू विरुद्ध हमलाहरूको श्रृंखला शुरू गरेको बताएको छ ।
आइतवार राती भएको हमलाहरूमा बेरुत, दक्षिणी लेबनान र देश भित्रका लक्षित स्थलहरुहरू प्रहार गरेको आइडिएफले जनाएको छ ।
आइडिएफका अनुसार हेजबुल्लाह अल-कर्द अल-हसन संघसँग जोडिएको जसलाई इजरायलले हेजबुल्लाह गतिविधिहरूको प्रमुख बित्तपोषकको रूपमा काम गरेको आरोप लगाएको छ।
इजरायली विदेशमन्त्री इजरायल काट्जले लेबनानको राजधानीमा तीव्र रातीको हवाई हमला पछि भिषण आगजनी भएको सामाजिक संजालमा जनाएका छन् ।
“हिजो राति बेरुत र लेबनानभरि हेजबुल्लाहको वित्तीय पूर्वाधारमा व्यापक इजरायली आक्रमणले निशाना बनाएको थियो,” काट्जले भने।
अमेरिकाले मे २०२१ मा अल-कर्द अल-हसन एसोसिएसन(संघ)लाई हेजबुल्लाह गतिविधिहरूलाई वित्त पोषण गर्ने सम्बन्धमा प्रतिबन्धहरू लगाएको थियो।
प्रतिक्रिया