जर्जियाको अल्बानी राज्य बिश्वबिद्यालयमा अन्धाधुन्ध गोली चल्दा १ जनाको मृत्यु ,कम्तिमा ६ जना घाइते

इनेप्लिज २०८१ कार्तिक ५ गते १:३३ मा प्रकाशित

जर्जियाको अल्बानी स्टेट युनिभर्सिटी(राज्य बिश्वबिद्यालय)को हातामा गत शनिबार राति बिश्वबिद्यालयको बार्षिक समारोहको क्रममा गोली चल्दा एक व्यक्तिको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार हाल सम्म कसैलाई पनि पक्राउ गरिएको छैन ।

जर्जिया ब्यूरो अफ इन्भेस्टिगेशन (जीबीआई) ले घटना राती ८:५० बजे भएको बताएको छ। कम्तिमा छ जना घाइते भएका छन् भने १९ वर्षीय डे’मेरियन ताशावन डेनियलको मृत्यु भएको छ । उनी विद्यार्थी थिएनन् ।

तीन जना पीडितहरू बन्दुकको गोली लागेर घाइते भएका छन् । तिनीहरुमा अल्बानीकी १३ वर्षीया किशोरी ,१७ बर्षिय किशोरी (माध्यमिक बिद्यालय )की विद्यार्थी तथा १६ वर्षीया माध्यमिक बिद्यालयकी विद्यार्थी घाइते भएका छन् । त्यसैगरी २० वर्षीया युवतीलाई गोली लागेर भाग्न खोज्दा १९ वर्षीया युवती घाइते भएकी छन् ।

“अल्बानी राज्य बिश्वबिद्यालय (स्टेट युनिभर्सिटी )परिवार गत शनिवार, अक्टोबर १९ मा लगभग ८:५० बजे परिसरमा भएको घटनाको बारेमा थाहा पाउँदा गहिरो दु खी छ,” विश्वविद्यालयका अन्तरिम अध्यक्ष लरेन्स एम. ड्रेक द्वितीयद्वारा जारी एक वक्तब्यमा भानिएको छ । “सधैं जस्तै, हाम्रा एएसयु विद्यार्थी, संकाय र कर्मचारीहरूको सुरक्षा गर्नु यस संस्थाको शीर्ष प्राथमिकता हो।” अनुसन्धान भै रहेको र राज्य र स्थानीय निकायहरूले सहयोग गरिरहेको विश्वविद्यालयले जनाएको छ ।

“बिश्वबिद्यालय हाम्रो क्याम्पस समुदायको मानसिक, भावनात्मक र शारीरिक कल्याणको लागि स्रोतहरू उपलब्ध गराउन प्रतिबद्ध छ,” ड्रेकले भने । विद्यार्थीहरूलाई परामर्श र अन्य स्रोतहरू उपलब्ध गरिएको उनले बताए ।

प्रतिक्रिया