क्यालिफोर्नियामा सुख्खा तथा हावाको कारण १ करोड ५० लाख भन्दा बढी मानिसहरु आगलागी मौसमको सतर्कतामा

इनेप्लिज २०८१ कार्तिक ३ गते १९:५८ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्निया राज्यमा सुख्खा तथा हावाको कारण १ करोड ५० लाख भन्दा बढी मानिसहरु आगलागी मौसमको सतर्कतामा रहेका छन् ।

क्यालिफोर्निया राज्यको लस एन्जलस, सान फ्रान्सिस्को र साक्रामेन्टो सहित स्थानहरुमा सुख्खा र हावाको अवस्थाका कारण १५ मिलियन ( १ करोड ५० लाख )भन्दा बढी मानिसहरू आगो मौसम सतर्कता अन्तर्गत रहेको एबिसीन्यूजले जनाएको छ ।

सापेक्षिक आर्द्रता केही स्थानहरूमा ५ % सम्म कम हुने पूर्वानुमान गरिएको छ । साथै ५५ माइल प्रतिघण्टासम्म हावा चल्ने बताईएको छ। क्यालिफोर्निया अग्नि नियन्त्रकले खतरनाक चेतावनी अवधिको लागि राज्यभरि कर्मचारीहरू बढाएको बताएको छ। सतर्कताहरू हाल शनिबार दिउँसोसम्म प्रभावकारी छन्।

ओकल्यान्ड नजिकैको आगलागी केलर फायर नामक आगो शुक्रबार फैलिएको थियो भने दुई घरहरूलाई असर गरेको छ । र ,दर्जनौं घरहरु खतरामा परेका छन् । शुक्रबार फैलिएको अर्को आगलागी रिभरसाइड नजिकै १७ एकड जले पछि ४० % नियन्त्रणमा रहेको छ। आगलागी अझ बढ्ने काम रोकिएको एबिसीन्यूजले बताएको छ ।

गत शुक्रबार सुरु भएको तेस्रो आगो सान फ्रान्सिस्को र साक्रामेन्टो बीचमा लागेको थियो । जसलाई हे फायर भनिएको छ । सोलानो काउन्टीमा ८६९ एकड जमिन जले पछि यो ७० % नियन्त्रणमा रहेकोछ। आगामी दिनमा बेलीजको पहाडी भूभागका साथै दक्षिणी मेक्सिकोका केही भागहरूमा एक फिटसम्म वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया