इरानका सर्वोच्च नेताद्वारा सिनवारको मृत्युमा शोक व्यक्त , “प्रतिरोध” जारी रहने वाचा

इनेप्लिज २०८१ कार्तिक ३ गते ११:४३ मा प्रकाशित

इरानका सर्वोच्च नेताले सिनवारको मृत्युमा शोक व्यक्त गर्दै “प्रतिरोध” जारी रहने वाचा गरेका छन् ।

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले शनिबार आफ्नो आधिकारिक सामाजिक संजाल एक्स खातामा साझा गरेको एक विज्ञप्तिमा हमास नेता याह्या सिनवारको हत्याप्रति दुःख व्यक्त गरेका छन्।

खामेनीले सिनवारको मृत्युलाई “प्रतिरोधी मोर्चा” को लागि “पीडादायी” क्षति भएको बताए । उनले प्रतिरोध जारी रहने वाचा गरे।

मोर्चाले प्रतिष्ठित व्यक्तित्वहरूको शहीदको कारणले आफ्नो प्रगतिलाई नरोकेको उनले बताए ।

आफ्नो वक्तब्यमा मुसलमान राष्ट्रहरू र “क्षेत्रका साहसी युवाहरू” लाई सम्बोधन गर्दै, खामेनीले इजरायल विरुद्धको सङ्घर्षमा आफ्नो जीवन समर्पण गरेकोमा सिनवारको प्रशंसा गरे

इजरायलले गाजामा युद्ध सुरु गर्ने आतंकवादी समूहको अक्टोबर ७ मा भएको घातक हमलाको मुख्य योजनाकार मानिने सिनवारलाई गत बुधबार रफाहमा नियमित गस्तीको क्रममा इजरायली सेनाले मारेको थियो । हमासले उनको मृत्युको पुष्टि गरेको छ ।

प्रतिक्रिया