राष्ट्रपति डोनाल्ड ट्रम्पको २०२० चुनावी हस्तक्षेप मुद्दाको निरीक्षण गर्ने न्यायाधीशले शुक्रबार विशेष सल्लाहकार ज्याक स्मिथले सङ्कलन गरेका थप प्रमाणहरू सॅशोधन सहित जारी गरेकी छिन्।
१,८८९ पृष्ठको सामग्री जसलाई ट्रम्पको कानुनी टोलीले यस्लाई सार्वजनिक नगर्न तर्क पेश गरेको थियो।
नयाँ कागजातहरूमा अदालतको सुनुवाइ, अन्तर्वार्ता र मुद्दासँग सम्बन्धित भाषणहरूता प्रतिलिपि,साथै थप स्रोत सामग्रीहरू समावेश छन्।
तर धेरै कागजातहरूमा सार्वजनिक रूपमा उपलब्ध जानकारी समावेश गरिएको मतदान तालिकाहरू र ट्रम्प र अन्य मुद्दासँग सम्बन्धित ट्वीटहरू सहित सार्वजनिक गरिएको सिविएस न्यूजले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
अभियोजकहरूले जनवरी ६,२०२१ मा ह्वाइट हाउस नजिकै ट्रम्पको भाषण पनि समावेश गरेका छन्।
जसमा उनले समर्थकहरूको भीडलाई आफूले चुनाव जितेको र “हामी क्यापिटल( अमेरिकी सॅसद भवन)मा जाँदैछौं” भनेका थिए।
ट्रम्पलाई मूल रूपमा गत वर्ष उनी र उनका सहयोगीहरूले २०२० चुनावको नतिजालाई उल्टाउन व्यापक अभियान चलाएको अभियोग लगाईएको थियो ।
प्रतिक्रिया