बिश्व कै धनाड्य इलन मस्क लगायत बिश्व कै अर्बपतिहरुले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जिताउन ठूलो चन्दा दान गरि रहेका छन् । त्यति मात्र नभई अन्यलाई अरबपतिलाई पनि उत्प्रेरणा गरेको सिएनएनले समाचार लेखेको छ ।
विश्वका केही धनी व्यक्तित्वहरूमा रूढिवादी दाता मिरियम एडेलसन र मस्कको नेतृत्वमा ट्रम्पलाई ह्वाइट हाउसमा पुर्याउन हालैका महिनाहरूमा दसौं लाख डलर राजनीतिक समूहहरूलाई चन्दा दान गरेको संघीय नियामकमा मंगलबार दायर गरिएको नयाँ प्रतिवेदनले देखाएको सिएनएनले उल्लेख गरेको छ ।
मस्कले लगभग ७५ मिलियन डलर दिई सकेका छन् । एडेलसन एक कट्टर ट्रम्प समर्थकले अझ बढी दिएका छन्। उनले पूर्व राष्ट्रपतिलाई समर्थन गर्ने अर्को बाहिरी समूहमा ९५ मिलियन डलर दिएका छन् ।
कुल मिलाएर केवल तीन अरबप्तिहरूमा मस्क, एडेलसन र रिचर्ड उहिलेनले रिपब्लिकनको उम्मेदवारीलाई समर्थन गर्ने समूहहरूलाई तीन महिनाको अवधिमा लगभग २२० मिलियन दान दिएका छन् ।
यता उपराष्ट्रपति कमला ह्यारिसले राष्ट्रपतिको चुनावी अभियान सुरु गरेदेखि नै १ अर्ब डलर जुटाएकी छन् ।
प्रतिक्रिया