टेनेसी बिश्वबिद्यालय नजिक आयोजना गरिएको कार्यक्रममा गोली चल्दा १ जनाको मृत्यु ,९ जना घाइते

इनेप्लिज २०८१ असोज ३० गते १:०९ मा प्रकाशित

अमेरिका टेनेसी स्टेट युनिभर्सिटी (बिश्वबिद्यालय)नजिक आयोजना गरिएको कार्यक्रममा गोलाबारी हुँदा १ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । टेनेसी स्टेट युनिभर्सिटी होमकमिङ अर्थात् बार्षीक समारोह कार्यक्रम नजिकै सामूहिक गोलाबारीमा २ जना संदिग्धहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रमुखले भने, ‘गोली चलाउनेहरूले मानव जीवनको कुनै वास्ता गरेनन् । गोलाबारीमा संलग्न तीनजना किशोर मध्ये २ जनालाई पक्राउ गरिएको छ भने अझै एक जना फरार नै रहेका छन्।

प्रहरीका अनुसार संदिग्धहरुले उच्च शक्तिको आक्रमण-प्रकारको राइफल बोकेका थिए । दुवै पुरुषलाई हत्याको आरोपमा पक्राउ गरिएको महानगरीय नासभिल प्रहरी विभागले जनाएको छ।

न्यासभिल, टेनेसी बिश्वबिद्यालय नजिकै भएको गोलीकाण्डका संदिग्धहरूमा मार्क्वेज डेभिस र डे एन्थोनी ब्राउन भएको प्रहरीले बताए । दुबै संदिग्धहरुहरूको गिरफ्तार पछि प्रहरीले तस्बिरहरु सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार डेभिस र ब्राउनलाई शनिबारको गोलाबारीको नजिकैको छोटो अवधिको भाडामा लिइएको सवारी साधनमा सोमबार राती हिरासतमा लिइएको थियो। डेभिसले आफ्नो गिरफ्तारीको समयमा भरुवा राइफल बोकेका थिए ।

प्रहरीका अनुसार अप्रिलमा डेभिसलाई डकैती, अपराधी बन्दुक राख्ने र जघन्य लागूपदार्थ राख्ने अभियोगमा दोषी ठहर गरिएको थियो। उनले सामुदायिक सुधार कार्यक्रममा १० वर्षको प्रोबेटेड(इच्छापत्र) सजाय पाएका थिए ।

प्रहरीका अनुसार साँझ ५ बजेतिर गोली चलेको थियो । गोली लागेर २४ वर्षीय युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका नौ जनामध्ये तीन जना १२ देखि १४ वर्षका नाबालक रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुई समूहबीच गोली हानाहान भएको थियो ।

पाँच जना घाइतेलाई रुग्णवाहिनी (एम्बुलेन्स)मार्फत स्थानीय अस्पतालमा लगिएको छ । अन्य पाँचजनालाई निजी सवारीसाधनले ल्याएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरू सामान्य देखि गम्भीरसम्मका छन्। अनुसन्धान जारी रहेको र थप पक्राउ पर्ने प्रहरीले जनाएको छ ।

बिश्वबिद्यालयबाट धेरै माइल टाढा न्यासभिलको निसान रंगशालामा टेनेसी राज्य र इस्टर्न इलिनोइस युनिभर्सिटी (पूर्वीय इलिनोइस बिश्वबिद्यालय )बीच बार्षिक समारोह खेल सुरु हुनुभन्दा करिब एक घण्टा अगाडि गोली चलेको थियो।

प्रतिक्रिया