अमेरिकाको फ्लोरिडा राज्यमा समुन्द्री आँधी मिल्टन अघि बाढीको पानीमा कुकुरलाई एक बारमा बाँधिएको भेटिएपछि पशु क्रूरताको आरोपमा एक व्यक्ति पक्राउ गरिएको छ ।
ट्रोपर नामक उक्त कुकुरलाई पालिने गभर्नरले बताए । फ्लोरिडा राजमार्ग गस्ती टोलीले फ्लोरिडाको अन्तरराज्य राजमार्ग आइ- ७५ को बारमा बाँधिएको एउटा कुकुरलाई उद्धार गरेका छन् । समुन्द्री आँधी मिल्टनको अगाडि कुकुरको छाती सम्म अग्लो पानीमा उक्त फसेको थियो।
कुकुरको पूर्व मालिकलाई पशु क्रूरताको आरोपमा पक्राउ गरिएको अधिकारीहरूले मंगलबार घोषणा गरे।
फ्लोरिडा राजमार्ग सुरक्षा र सवारी साधन विभागका अनुसार मिल्टनको कारण धेरै बासिन्दाहरू खाली गरिरहँदा अक्टोबर ९ मा ट्याम्पाको एक राजमार्ग बाढीको पानीमा कुकुरलाई फेला पारेका थिए ।
गत हप्ता सामाजिक सञ्जालमा बारमा बाँधिएको कुकुरको श्रब्यदृश्य (भिडियो) शीर्षक सहित प्रहरीले साझा गरेको थियो। कुकुरको पूर्व मालिक फ्लोरिडाका २३ वर्षीय जियोभानी अल्डामा गार्सिया भएको प्रहरीले पहिचान गर्यो । र ,उनलाई पशु क्रूरताको एक अपराधमा गत सोमबार पक्राउ गरिएको थियो।
अल्डामा गार्सियालाई २,५०० को धरौटी मंगलबार रिहा गरिएको थियो। फ्लोरिडा राजमार्ग गस्ती सेनालाई अक्टोबर ९ का दिन स्थानीय समय बिहान ९ बजे भन्दा पहिले एक परित्याग गरिएको कुकुरको बारेमा कसैले जानकारी दिइएको थियो ।
फ्लोरिडाका गभर्नर रन डिसेन्टिसले गत मंगलबार पत्रकार सम्मेलनमा उद्धार पछि उनलाई राज्यले अपनाउने बताए ।
प्रतिक्रिया