नर्थ क्यारोलाइनामा आएको समुद्री आँधी हेलिनलाई सहयोग गर्ने फिमाका कर्मचारीलाई धम्की दिने एक संदिग्ध पक्राउ

इनेप्लिज २०८१ असोज २९ गते १:२७ मा प्रकाशित

अमेरिकाको नर्थ क्यारोलाइनामा आएको समुद्री आँधी हेलिनलाई सहयोग गर्ने फिमाका कर्मचारीलाई धम्की दिने एक संदिग्धलाई पक्राउ गरिएको छ ।

रदरफोर्ड काउन्टी शेरिफको कार्यालयका अनुसार आँधी हेलिनलाई प्रतिक्रिया दिने फिमा(एफईएमए- FEMA )कर्मचारीहरू विरुद्ध हानी पुर्याउने धम्की दिएको आरोपमा नर्थ क्यारोलाइनाका एक व्यक्तिलाई सप्ताहन्तमा पक्राउ गरिएको छ ।

४४ वर्षीय विलियम ज्याकब पार्सन्सलाई सार्वजनिक आतंकमा सशस्त्र रुपमा जाँदै गरेको आरोपमा पक्राउ गरिएको थियो । प्रहरी प्रमुख जेमी किभरले सोमबार जारी गरेको एक विज्ञप्तिमा पार्सन्स बन्दुक र राइफलले सशस्त्र भएको जनाए ।

शेरिफको कार्यालयले शनिबार एक व्यक्तिले “ताल लुरे र चिम्नी रक क्षेत्रमा समुन्द्री आंधी हेलिनको प्रकोप पछि काम गरिरहेका फेमा कर्मचारीहरूलाई हानि पुर्‍याउने बारेमा टिप्पणी गरेको” भन्ने सूचना प्राप्त गरेपछि शनिबार अनुसन्धान सुरु गरेको थियो ।

शेरिफको कार्यालयका अनुसार अन्वेषकहरूले उनको गाडीको रंग र दर्ता संख्या (लाइसेन्स प्लेट)को बारेमा जानकारी पाएपछि उनलाई फेला पारिएको थियो ।

पार्सन्सलाई उनको गाडीमा किराना पसल बाहिर पक्राउ गरिएको थियो ।

उनलाई १० हजार डलरको धरौटीमा रिहा गरिएको शेरिफको कार्यालयले जनाएको छ । उनि सँग वकिल छन् या छैनन् भन्ने बारेमा थाहा नभएको सिएनएनले जनाएको छ ।

प्रतिक्रिया