अमेरिकाको क्यालिफोर्निया राज्यको कोचेलामा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी आमसभा नजिक भरुवा बन्दुक लिएको एक संदिग्ध व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
शेरिफका अनुसार ट्रम्पको कोचेला र्याली(भेला) नजिकै लोडेड(भरुवा) बन्दुकसहित एक व्यक्तिलाई पक्राउ गरेको पुष्टी गरेका छन् । अमेरिकी गुप्तचर सेवाले पूर्व राष्ट्रपति खतरामा नरहेको बताए ।
गत शनिबार क्यालिफोर्नियाको कोचेलामा नियमित सुरक्षा चौकीमा खटिएका प्रहरीहरुले उनलाई भरुवा बन्दुक, गोला बारूद र धेरै नक्कली राहदानीहरू लिएर यात्रा गरिरहेको फेला पारेको रिभरसाइड काउन्टी शेरिफका अधिकारीहरूले भने।
अमेरिकी गुप्तचर सेवाले आइतवार एक विज्ञप्ति मार्फत घटनाले सुरक्षात्मक कार्यहरूलाई असर नगरेको र ट्रम्पलाई कुनै खतरा नभएको उल्लेख गरेको छ ।
स्थानीय प्रहरीले दिएको जानकारी अनुसार संघीय अनुसन्धानकर्ताहरूले ट्रम्पलाई लक्षित गर्ने कुनै धम्कीपूर्ण सामग्री फेला नपारिएको स्रोतहरूले एबीसी न्यूजलाई बताए।
स्रोतका अनुसार उनले ट्रम्पलाई समर्थन गर्ने र आरएनसीमा रहेको सामाजिक सञ्जालमा संकेतहरू भेटिएक अचन । प्रहरी अधिकारीहरूले उनि लास भेगासका ४९ वर्षीय निवासी भेम मिलर भएको बताए । घटनाको बाहिरी सुरक्षा परिधिबाट पार गर्न पत्रकारहरुको सदस्य भएको दाबी गरेका थिए ।
घटना हुँदा ट्रम्प आमसभा (र्याली)मा थिएनन् । उक्त व्यक्तिलाई भरुवा बन्दुक र उच्च क्षमताको बन्दुक राखेको आशंकामा पक्राउ गरिएको विभागले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनलाई हिरासतमा लिइएको र पछि कारागारमा राखियो । त्यसपछि ५,००० डलरको जमानतमा रिहा गरिएको एबिसीन्यूजले जनाएको छ ।
प्रतिक्रिया