घरेलु हिंसाको घटनामा हस्तक्षेप गर्ने प्रयास गर्ने कर्तब्यमा नभएका (अफ-ड्युटी )फ्लोरिडाका सहायक शेरिफको हत्यामा संलग्न संदिग्धलाई पक्राउ गरिएको छ । सहायक प्रहरी ब्राड म्याकन्यूलाई गोली हानी फरार रहेका संदिग्धलाई पक्राउ गरिएको छ ।
घरेलु आक्रमण घटनामा हस्तक्षेप गर्न खोज्दा मालवाहक गाडी रोक्ने स्थलमा कर्तब्यमा नभएका प्रहरीलाई संदिग्धले गोली हानेका थिए । उनलाई नर्थ क्यारोलाइनामा आइतवार पक्राउ गरिएको अधिकारीहरूले भने।
२९ वर्षीय डेमोरिया ग्रान्टलाई युएस मार्शल सर्भिसको फ्युजिटिभ टास्क फोर्स(फरार कार्यबल )ले विहान ७:३० बजे नर्थ क्यारोलाइनाको गास्टोनियामा रहेको एउटा घरबाट हिरासतमा लिएको छ ।
म्याकन्यू, ज्याक्सनभिल काउन्टी शेरिफको कार्यालयका लागि सुधार अधिकारी थिए । सहायक प्रहरीले ज्याक्सनभिलको मालबाहक अड्डा (ट्रक स्टप)मा इन्धन चौकी नजिकै कुटपिट गरिरहेकी महिलालाई मद्दत गर्ने प्रयास गरेका थिए । ग्रान्ट एक हिंसात्मक आपराधिक गतिबिधिमा संलग्न भै सकेका एक दोषी अपराधी हुन् ,” प्रहरी अधिकारीले भने।
प्रतिक्रिया