अमेरिकामा चुनावको मुखमा धेरै पटक सुनिने गरिएको शब्द स्विङ स्टेट (युद्धभूमि) हो । अमेरिकामा अधिकांशले बुझ्दछन । तर पनि कसैलाई बुझ इच्छा भएमा र अझ यस बारेमा इतिहास सम्म थाहा पाउन मन भएमा यो लेखले केही मद्धत गर्न सक्ने छ । पटक पटक यो शब्द प्रयोग हुन्छ ।
तर यो अलिक बिस्तृत भएकोले कम पनि लाग्न सक्ने हुनाले पाठकहरुको माझ धेरै गहिराई नभएता पनि अवधारणा बुझ्न सकिन्छ भन्ने यसलाई प्रकशित गरिएको हो ।
अमेरिकामा स्विङ स्टेट (राज्य ) भन्ने गरिन्छ । कसै कसैलाई थाहा नहुन पनि सक्छ । स्विंग स्टेट अर्थात् राज्य भनेको के हो ? अमेरिकी राजनीतिमा, स्विङ स्टेट (जसलाई युद्धभूमि राज्य, टस-अप राज्य, अथवा पर्पल राज्य पनि भनिन्छ) यस्ता राज्यहरुमा निर्वाचनमा डेमोक्रेटिक वा रिपब्लिकनका उम्मेद्वार बिजयी हुन् सक्दछन । सदैव र अधिकांश त्यही राजनैतिक दलका उम्मेदवार मात्र बिजयी हुदैन । जे पनि हुन् सक्छ । दुवै दलका उम्मेदवारले बाजी मार्न सक्छन ।
स्विङ राज्यहरू जसलाई युद्धभूमि राज्यहरू पनि भनिन्छ। यस्ता राज्यहरू हुन् जसले चुनावको आधारमा डेमोक्राटिक वा रिपब्लिकन दुवै दलका उम्मेद्वारहरूलाई “स्विङ” गर्न सक्छन्। अर्थात् उम्मेदवारलाई बिजयी बनाउन सक्दछ । कुनै पनि उम्मेदवारले जित्न सक्ने सम्भावनाको कारणले गर्दा राजनीतिक दलहरूले यी राज्यहरू जित्नको लागि प्रायः असमान समय र प्रचारका स्रोतहरू खर्च गर्छन्।
स्विङ स्टेट अर्थात् राज्यमा थोरै मतको फरकमा राजनीतिक दलहरू विजय हुन सक्छन । १९९२ यता ३० वटा राज्यहरूले कम्तिमा एक पटक अघिल्लो चुनावबाट विपक्षी दलको उम्मेदवारलाई मतदान गरेका छन्। २६ वटा राज्यहरूमा १९९२ पछि राष्ट्रपति चुनावमा तीन अंक भन्दा कमले जितेका थिए।
हालको स्विङ(परिवर्तन तथा युद्धभुमी) राज्यहरू कुन कुन हुन्?
सन् २०२० मा हालको डेमोक्र्याटिक दलका राष्ट्रपति जो बाइडेन र सन् २०१६ मा रिपब्लिकन दलका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मतदान गर्ने राज्यहरू र प्रायः स्विङ राज्यको रूपमा प्रकाशमय(हाइलाइट) गरिएका छन्। यी राज्यहरूमा एरिजोना, जर्जिया, मिशिगन, पेन्सिलभेनिया र विस्कन्सिन समावेश छन्।
यी राज्यहरुमा अत्यन्तै कडा र थोरै फरक मतले पनि राज्य कुनै पनि दलले जित्न सक्ने संकेत गर्दछ। २०२० मा ७ वटा राज्यहरूले ३ अंक अथवा कम अङ्कको अन्तरले जितेका थिए। यी राज्यहरूमा नर्थ क्यारोलाइना र नेभादा बाहेक माथिका पाँच राज्यहरू समावेश थिए।
कुन राज्यहरू ऐतिहासिक रूपमा स्विंग राज्यहरू हुन् त ?
राष्ट्रपति पुन: निर्वाचित हुने वर्षहरूमा दलहरू परिवर्तन गर्ने कम राज्यहरू हुन्छन, । तर १९९२ पछि प्रत्येक राष्ट्रपति चुनावमा कम्तिमा केही राज्यहरूले दल सम्बद्धताहरू परिवर्तन गरेका छन्।
विगतका ८ राष्ट्रपतीय चुनावहरू मध्ये १९९२ को चुनावमा राजनीतिक दलहरू परिवर्तन गर्ने राज्यहरूको सबैभन्दा बढी संख्या थियो। २२ वटा राज्यहरू जुन अघिल्लो चुनावबाट परिवर्तन भएका थिए । यसलाई प्रायः राजनीतिक पुनर्गठनको वर्षको रूपमा उद्धृत गरिएको छ, जहाँ पूर्व राष्ट्रपति बिल क्लिन्टनले जर्ज एच.डब्ल्यू. बुशलाई धेरै राज्यहरूमा ऐतिहासिक रूपमा पराजित गरेका थिए ।
क्लिन्टनले रिपब्लिकनका क्यालिफोर्निया, कोलोराडो, मेरील्याण्ड लगायतलाई अर्को दशकको लागि डेमोक्र्याटहरूलाई मतदान गर्ने राज्यहरूमा परिणत गरे। १९९२ पछि धेरै राज्यहरूले फरक राजनीतिक दलका राष्ट्रपति उम्मेद्वारलाई मतदान गरेका छैनन् ।
तर धेरै राज्यहरूमा विगत ४० वर्षमा राष्ट्रपतिको चुनाव अत्यधिक कडा प्रतिस्प्रद्धा भएको छ। विगतका आठ राष्ट्रपतीय निर्वाचनहरूमा कम्तिमा एउटा निर्वाचनमा २६ राज्यहरूमा तीन अंकभन्दा कम अन्तरले जितेका थिए। यसमा फ्लोरिडा र नेभादा पर्दछ । जसमा पछिल्लो आठ चुनावमध्ये पाँचमा कडा फरक थियो।
यी स्विङ राज्यहरू पनि समयसँगै परिवर्तन भएका छन्। उदाहरणका लागि न्यू मेक्सिको र आयोवा २००० र २००४ मा स्विङ राज्यहरू थिए । एरिजोना र जर्जियाहरु विगत दुई दशकहरूमा स्विङ राज्यहरू भएका छन् ।
कुन राज्यहरूले विश्वसनीय रूपमा एउटै राजनीतिक दललाई मतदान गर्छन्?
१९८८ को चुनाव पछि २० वटा राज्य र वाशिंगटनडिसीले प्रत्येक राष्ट्रपति चुनावमा एउटै दललाई मत दिएको छ। यी २० वटा राज्यहरू मध्ये केवल तीन-२०१६ र २००० मा मिनेसोटा, २००० मा ओरेगन, र १९८८ मा वाशिंगटनमा कहिल्यै चुनावमा कडा प्रतिस्प्रद्धा भएको छैन ।
७ वटा राज्यहरूमा वाशिंगटन डिसीले समेतले १९८८ देखि लगातार डेमोक्रेटिक राष्ट्रपति उम्मेद्वारलाई मतदान गर्दै आएका छन्,। १३ वटा राज्यहरूले लगातार रिपब्लिकन राष्ट्रपति उम्मेद्वारलाई मतदान गरेका छन्। टेक्सस सन् २०२० मा स्विङ स्टेट( राज्य) बन्ने अनुमान गरिएको थियो, तर रिपब्लिकन र डेमोक्रेटिक मतबीचको अन्तर ५.५ प्रतिशत रहेको थियो ।
थप ८ राज्यहरूले १९८८ बाट १९९२ सम्म पार्टी (दल)पङ्क्तिबद्धता परिवर्तन गरे तर त्यसपछि प्रत्येक चुनावमा एउटै पार्टी(दल)लाई मतदान गरे ।
कुन राज्यले प्रायः राष्ट्रपतिको चुनावमा विजेतालाई मतदान गर्छ?
स्विंग राज्यहरू पनि समग्र चुनाव विजेताको राम्रो भविष्यवाणी गर्ने प्रवृत्तिमा हुन्छन्। सन् २००० को चुनावमा फ्लोरिडा प्रख्यात रूपमा निर्णायक राज्य भएको बेला, अरू धेरै राज्यहरुले समेत चुनावी परिणामहरू अनुसार नेतृत्व लिन सक्ने नेता अर्थात् बिजेता हुन् सक्नेलाई पछ्याएका थिए ।
पछिल्ला नौ चुनावहरूमा नेभादा र ओहायोले ८ पटक समग्र निर्वाचन परिणामको भविष्यवाणी गरेको छ। सन् २००० देखि पाँच वटा राज्यहरू कोलोराडो, फ्लोरिडा, नेभादा, ओहायो र भर्जिनिया सबै चुनावमा अन्तिम चुनाव विजेतासँग मेल खाएका छन्।
श्रोत : युएसएफ्याट्स डट ओर्ग
प्रतिक्रिया