पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पकोअभियानले चुनावी अभियानको अन्तिम चरणमा सैन्य विमान प्रयोग गर्न अनुरोध गरेको छ । ट्रम्पको अभियानले उनको ज्यानको खतरालाई ध्यानमा राख्दै चुनावी अभियानको अन्तिम हप्ताहरूमा सुरक्षा बृद्धि गर्न सैन्य सम्पत्तिहरूलाई अनुरोध गरेको परिचित दुई स्रोतहरूले सिबीएस न्यूजलाई बताए।
गत हप्ताको अन्त्यमा ह्वाइट हाउस र गुप्तचर सेवालाई बिधुतिय डाक (इमेल)मा ट्रम्प अभियानले पूर्व राष्ट्रपतिलाई चुनाव अघि उनलाई ल्याउन र लैजान सैन्य विमान प्रयोग गर्न अनुरोध गरेको थियो ।
यो अनुरोध गत जुलाई देखि ट्रम्प विरुद्ध दुईवटा हत्या प्रयास पछि भएको हो। सन् २०२० मा इरानी सेनाका प्रमुख कासिम सुलेमानीको हत्या गर्ने मानव रहित उपकरण (ड्रोन) हमलाको लागि इरानले ट्रम्प र उनको प्रशासनका अधिकारीहरूलाई जिम्मेवार ठहराई रहेको छ ।
राष्ट्रपति जो बाइडेन गत शुक्रबार “विभागलाई आफूलाई आवश्यक पर्ने हरेक चीज दिन भनि बताए । उनले एफ-१५ बिमान मागेका छैनन् ,बाइडेनले ह्वाइट हाउसमा भने।
उनले भने ,रिपब्लिकनका राष्ट्रपति उम्मेदवारलाई “उनी वर्तमान राष्ट्रपति हो” जस्तै व्यवहार गर्नुपर्छ। सिबिएसको अनुसार हालको इतिहासमा कुनै पनि राष्ट्रपति पदका उम्मेदवार वा पूर्व राष्ट्रपतिलाई चुनाव अघि सैन्य विमानबाट ओसापसार गरिएको छैन।
प्रतिक्रिया