हेजबुल्लाहले इजरायलमा ३२० वटा क्षेप्यास्त्र प्रहार गरेको इजरायल रक्षाबलले जनाएको छ । लेबनानमा संयुक्त राष्ट्रसंघको शान्ति सैनिकको रूपमा सेवा गर्ने ४० देशहरूले शनिबार जारी गरेको संयुक्त विज्ञप्तिमा शान्ति सैनिकहरूमाथि हालै भएको आक्रमणको “कडा निन्दा” गरेको बताएका छन्।
इजरायल डिफेन्स फोर्स(इजरायल रक्षा बल )का अनुसार हेजबुल्लाहले योम किप्पुरको यहूदी छुट्टीको दिन शनिबार इजरायलमा करिब ३२० वटा क्षेप्यास्त्र प्रक्षेपणहरू प्रहार गरेको छ । शान्तिसेनाका सैनिक माथि आक्रमणको बिषयलाई लिएर फ्रान्स, जर्मनी, इटाली, स्पेन, भारत र चीनलगायत अन्य देशहरुले हस्ताक्षर गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, “त्यस्ता कार्यहरू तुरुन्तै रोकिनुपर्छ र पर्याप्त छानबिन गरिनुपर्छ।” यसै बीच आइडिएफले दक्षिणी लेबनानमा थप खाली गर्ने आदेश जारी गरेको छ ।
पाँच दिनमा पहिलो पटक, इजरायल रक्षा बलले दक्षिणी लेबनानका १८ गाउँ र शहरहरूका लागि नयाँ खाली गर्ने आदेश जारी गरेको छ। आईडिएफले अहिले सम्म १३४ वटा क्षेत्रहरुलाई खाली गर्न आदेश दिएको छ।
नयाँ आदेशहरू दक्षिण-मध्य क्षेत्रका साथै पूर्वमा केन्द्रित छन्। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली हवाई आक्रमणमा जबलियामा राति कम्तिमा २२ जनाको मृत्यु भएको छ। गत वर्ष अक्टोबर ७ देखि हालसम्म ४२ हजार १७५ जनाको ज्यान गएको छ ।
प्रतिक्रिया