अमेरिकाको ओक्लाहोमा राज्यको एक भोजमा गोली चल्दा १ जनाको मृत्यु, कम्तीमा १२ जना घाइते

इनेप्लिज २०८१ असोज २७ गते १०:१२ मा प्रकाशित

अमेरिकाको ओक्लाहोमा राज्यको एक शहरमा आयोजित भोजमा गोली चल्दा १ जनाको मृत्यु भएको छ भने कम्तीमा १२ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार संदिग्धहरू अज्ञात छन् तर धेरै मानिसहरूलाई पक्राउ गरिएको छ।

ओक्लाहोमा शहरमा आयोजित भोज (पार्टी)मा भएको गोलीबारीमा कम्तिमा एक जनाको मृत्यु भएको छ र अन्य १२ जना घाइते भएको प्रहरीले पुष्टि गरेको छ।

ओक्लाहोमा नगर प्रहरीका अनुसार कार्यक्रम भित्र र बाहिर धेरै गोली चलाइएको थियो । घटनामा संलग्नहरूको नाम र उनीहरुको उमेर अझै सार्वजनिक गरिएको छैन तर अधिकारीहरूले झडपमा कम्तिमा एक जनाको मृत्यु भएको र १२ जना घाइते भएको पुष्टि गरेका छन्।

“हामी साक्षीहरूको अन्तर्वार्ता लिने प्रक्रियामा छौं,” अधिकारीहरूले एबीसी न्यूजलाई बताए । थप विवरणहरू प्राप्त गरे पछि थप जानकारी दिने अधिकारीहरुले बताए ।

प्रतिक्रिया