अमेरिकी सेनामा घातक हमला गर्न आईएसआईएसलाई सहयोग गर्ने सिपाहीलाई १४ वर्षको कैद सजाय सुनाईएको छ । उनी आईएसआईएस समर्थकको रूपमा देखाउँदै एक गुप्तचरले सञ्चार गर्दा उनि पक्राउ परेका थिए।
अमेरिकी सेनामा घातक हमला गर्न आईएसआईएसलाई सहयोग गर्ने प्रयास गरेको आरोपमा एक अमेरिकी सेनाका सिपाहीलाई १४ वर्षको कारागार सजाय सुनाइएको अमेरिकी न्याय विभागले जनएको छ।
ओहायोको स्टोका २४ वर्षीय कोल ब्रिजेसलाई १६८ महिनाको कारागार सजाय सुनाइएको छ । त्यसपछि १० वर्षको पर्यवेक्षणमा उनलाई राखिएको छ।
उनले विदेशी आतंकवादी संगठनलाई भौतिक सहयोग उपलब्ध गराउने प्रयास गरेको र अमेरिकी सैनिक सेवाका सदस्यहरूको हत्या गर्ने प्रयास गरेको आरोपमा” , इस्लामिक स्टेट अफ इराक र अल-शाम (आईएसआईएस) लाई मध्यपूर्वमा अमेरिकी सैनिकहरूलाई आक्रमण गर्न र मार्न सहयोग गर्ने उनको प्रयासको आधारमा उनलाई गत शुक्रबार घोषणा गरेको हो ।
उनि लगभग सेप्टेम्बर २०१९ मा अमेरिकी सेनामा सामेल भएका थिए । अदालतका कागजातहरू अनुसार जर्जियाको फोर्ट स्टीवर्टमा रहेको थर्ड इन्फन्ट्री डिभिजन(तृतीय पैदल फौज )मा घोडचढी स्काउटको रूपमा उनलाई नियुक्त गरिएको थियो।
“उनले सेनामा भर्ती हुनु अघि कम्तिमा २०१९ मा सुरु गरेर जिहादीहरू र उनीहरूको हिंसात्मक विचारधारालाई प्रोत्साहन दिने बिधुतिय (अनलाइन) प्रचार अनुसन्धान र समय खर्च गर्न थाले, र सामाजिक संजाल (सोशल मिडिया)मा आईएसआइएस र जिहादको लागि आफ्नो समर्थन व्यक्त गर्न थाले,” अमेरिकी न्याय बिभागको बिज्ञप्तिमा भनिएको छ ।
“अक्टोबर २०२० मा अर्थात् लगभग सेनामा भर्ती भएको लगभग एक वर्ष पछि, उनले एफबिआई अनलाइन कभरट कर्मचारी (ओसीई) सँग कुराकानी गर्न थालेका थिए ।
यी सञ्चारका क्रममा उनले अमेरिकी सेनासँगको आफ्नो निराशा र आईएसआईएसलाई सहयोग गर्ने इच्छा व्यक्त गरेको अधिकारीहरूले बताए ।
प्रतिक्रिया