अमेरिकाको फ्लोरिडा राज्यको ट्याम्पा खाडी क्षेत्रमा समुन्द्री आँधी मिल्टनको कारण ७८ % इन्धन चौकीमा इन्धनको अभाव यस क्षेत्रमा काम गर्ने ग्यासबडी नामक संस्थाले जनाएको छ ।
ग्यासबडीका नुसार ट्याम्पा खाडी क्षेत्रमा चार मध्ये तीन भन्दा बढी इन्धन चौकी (ग्यास स्टेशन)हरूमा शुक्रबार दिउँसो सम्म इन्धन नै नभएको बताएको छ । समुन्द्री आँधी मिल्टन पछि फ्लोरिडा राज्य भरमा विजुली आपूर्ति बन्द हुनु एक समस्या हो। दिउँसो १:३२ बजेसम्म (अमेरिकी पूर्वीय समय )अनुसार ग्यासबडीका अनुसार फ्लोरिडाका २९.९ % इन्धन चौकी (ग्यास स्टेशन)हरूमा इन्धन थिएनन् ।
शुक्रबार बिहानबाट अलिकति आपूर्ती बढेको छ । तर २,१०० भन्दा ज्यादा इन्धन चौकी( ग्यास स्टेशन)हरू इन्धन नै नभएको जनाएको छ । टयाम्पा सेन्टबर्ग पिटर्सबर्ग क्षेत्रमा ७७.५ % इन्धन चौकी (ग्यास स्टेशन)हरूमा कुनै ईन्धन नै थिएन। त्यो आज बिहान ९:५७ देखि ७३ % बाट बढेको छ।
त्यस्तै सारासोटामा ६२.१ % इन्धन चौकी(ग्यास स्टेशन)हरू इन्धन नै थिएन तर शुक्रवार बिहान ५४ % बाट वृद्धि भएको सिएनएनले जनाएको छ । यसै गरि फोर्ट मायर्स-नेपल्स क्षेत्रमा रहेको इन्धन चौकी (ग्यास स्टेशन )मा पनि अलिकति बढेर ४२.४% र ओर्लान्डो ३५.२% मा पुगेको ग्यासबडीले जनाएको छ ।
फ्लोरिडाका गभर्नर रन डिसेन्टिसले शुक्रबार दिउँसो “मानवीय रूपमा सकेसम्म छिटो” अधिकारीहरुले ईन्धन वितरण गर्न काम गरिरहेको बताए । उनले फ्लोरिडा राज्यसँग अझै पनि १ मिलियन ग्यालन इन्धन (पेट्रोल को सूची रहेको उल्लेख गरे। उनले इन्धन रहेको सुनिश्चित गरे ।
प्रतिक्रिया