अध्यावधिक गरिएको : अमेरिकाको कोलोराडो राज्यको एक भूमिगत सुनखानीबाट यात्राको क्रममा १ जनाको मृत्यु भएपछि १२ जनाको उद्धार गरिएको छ ।
सिबिएसन्यूजका अनुसार कोलोराडो राज्यमा गत बिहीबार एउटा भूमिगत सुनखानीबाट फसेका खानी भ्रमणका आगन्तुकहरूलाई बाहिर निकाल्नको लागि उद्धार अभियान सफल भएको छ ।
सात घण्टा पछि एक व्यक्तिको मृत्यु भएको र चार जना घाइते भएका थिए। मोली क्याथलीन सुन खानीमा ६ घण्टादेखि फसेका १२ जनाको सकुशल उद्धार गरिएको गभर्नर जारेड पोलिसले घोषणा गरेका छन् ।
“मलाई राहत मिलेको छ,” प्रहरीले जारी गरेको एक विज्ञप्तिमा भने।
उक्त सुनखानी लोकप्रिय पर्यटक आकर्षण स्थल हो जुन क्रिपल क्रिकमा अवस्थित छ। टेलर काउन्टी शेरिफ जेसन माइकसेलले दिउँसो पत्रकार सम्मेलनमा उत्तोलक(लिफ्ट) तल जाने क्रममा प्राविधिक समस्या हुँदा जमिनमुनि ५०० फिट अड्किएको थियो। जसले गर्दा चोटपटक लागेको र एक जनाको मृत्युसम्म भएको थियो । सिबिएसन्यूजले जनाए अनुसार पीडितको मृत्यु कसरी भयो भन्ने अहिलेसम्म स्पष्ट हुन सकेको छैन ।
१,००० फिट मुनी फसेका पर्यटकहरु कूल १२ जना सुरक्षा समस्याका कारण सतहमा आउन असमर्थ भएका थिए । धेरै घण्टा पछि सुरक्षा अधिकारीहरूले उत्तोलक (लिफ्ट)लाई मर्मत गरे र १२ जनाको उद्धार बेलुका ७:४५ बजे उद्धार गरे ।
उनीहरूलाई एकै पटकमा चार जनालाई माथी ल्याईयो र पछि खानको लागि पिज्जा दिइयो। मारिएका व्यक्तिको अझै परिचय खुल्न सकेको छैन ।
मोली क्याथलीन गोल्ड सुनखानी क्रिपल क्रिकको ९३८८ राजमार्ग ६७ मा अवस्थित छ जुन कोलोराडो स्प्रिंग्सको एक घण्टा पश्चिममा पर्दछ । खानीको आफ्नो आधिकारिक संजालस्थल(वेबसाइट)क अनुसार यसले केवल ठाडो अर्थात् भर्टिकल (सिधा )मात्र सुनखानीको यात्रा गराउने विज्ञापन गर्दछ। भ्रमणकमा आगन्तुकहरू सिधै १,००० फिट भूमिगत तल झर्छन् र अवलोकन गर्ने गर्छन । यो सुनखानी पर्यटकीय आकर्षण भएकोले ५० वर्षभन्दा बढी समयदेखि सञ्चालनमा रहेको छ ।
प्रतिक्रिया