अध्यावधिक गरिएको :फ्लोरिडामा आएको मिल्टन समुन्द्रीआँधीबाट मृत्यु हुनेको कूल संख्या १६ पुग्यो ,अझै २५ लाख मानिस अन्धकारमा

इनेप्लिज २०८१ असोज २५ गते १०:५५ मा प्रकाशित

अध्यावधिक गरिएको : फ्लोरिडामा आएको मिल्टन समुन्द्री आँधीबाट मृत्यु हुनेको कूल संख्या १६ पुग्यो पुगेको छ । एबिसीन्यूजका अनुसार अझै २५ लाख मानिस अन्धकारमा बस्न बाध्य भएका छन् ।

फ्लोरिडाको ओरेन्ज काउन्टी शेरिफको कार्यालयले आँधीबेरीबाट भग्नावशेष सफा गर्ने क्रममा एक ६० वर्षीय व्यक्तिको मृत्यु भएको विवरण गरेपछि मिल्टन आँधीबाट मर्नेहरूको संख्या १६ पुगेको अधिकारीहरूले बताए ।

अक्टोबर १० ,२०२४ का दिन ४:५३ बजे प्रहरीहरुलाई पाइन आइल्याण्ड प्लेस नामक स्थानमा रहेको ६६०० घरमा एक व्यक्ति अनुत्तरदायी भएको खबर गरे पछि उनीहरु त्यहाँ आउदा ६० बर्षिय व्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले बताए ।

आँधीबाट फोहोर सफा गर्ने क्रममा उक्त मानिसले झरेको बिजुलीको तारमा पाइला टेके पछि उनको ज्यान गएको अधिकारीहरूले शुक्रबार बिहान एक प्रेस विज्ञप्तिमा भने। यो अझै सक्रिय र चलिरहेको अनुसन्धान हो। हामीसँग यस समयमा कुनै थप विवरणहरू नभएको बिज्ञप्तिमा प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान ४:३० बजेसम्म राज्यभरिका २५ लाखभन्दा बढी ग्राहकहरू अझै पनि बिजुलीविहीन छन् । राज्यभरि तैनाथ हजारौं कर्मचारीसहित गभर्नर रन डिसेन्टिसका अनुसार हालसम्म करिब १,००० मानिसहरूलाई उद्धार गरिएको छ।

प्रतिक्रिया