कोलोराडोको सुन खानीमा उपकरणमा खराबी भएपछि १ जनाको मृत्यु ,१२ जना अझै भित्रै

इनेप्लिज २०८१ असोज २५ गते ०:०६ मा प्रकाशित

कोलोराडोको सुन खानीमा उपकरणमा खराबी भएपछि १ जनाको मृत्यु भएको छ भने अझै १२ जना मानिस फसेको बताईएको छ ।

कोलोराडो स्प्रिंग्सको पश्चिममा रहेको क्रिपल क्रिकमा रहेको खानी भित्र उपकरणमा खराबी भएको तर नभत्किएको टेलर काउन्टी शेरिफको कार्यालयले बताएको छ । शेरिफको कार्यालयका अनुसार क्रिपल क्रिकको मोली क्याथलीन खानीमा विभिन्न उद्धारटोली त्यहाँ पुगी उद्धार गरि रहेको एबिसीन्यूजले जनाएको छ ।

कोलोराडो स्प्रिंग्स अग्नि नियन्त्रण बिभागका धेरै कर्मचारीहरू, प्राविधिक, दक्ष उद्धार टोलीहरू सहित घटनास्थलमा पुगेको र प्रतिक्रिया दिइरहेको विभागले बताएको छ । स्थानिय समाचार डेन्भर ७ का अनुसार ११ जनालाई उद्धार गरिएको छ। तर टेलर काउन्टीका शेरिफ जेसन माइकसेलका अनुसार दुर्घटना ५०० फिट मुनि हुँदा उत्तोलक(लिफ्ट)खराब भए पछि घटना घटेको बताए ।

उनले मृत्यु भएको ब्यक्तिको नाम सार्वजनिक गरेनन तर एक जनाको ज्यान गएको उनले बताए । उनले खानीको तल्लो भागमा रहेका मानिसहरूलाई अवस्थाको पूर्ण जानकारी नभएको बताए। उनले खानी कम्पनीका एक जना मानिसलाई शान्त राखेको बताए । “उनीहरू वास्तवमा सुरुङ भित्रको जमिनमा सुरक्षित छन् र सुरुङ भित्रको वायुमण्डल राम्रो छ,” माइकसेलले भने।

कोलोराडोका गभर्नर जेरेड पोलिसले राज्यले टेलर काउन्टीलाई सहयोग गरिरहेको र खानीमा फसेका मानिसहरूलाई उद्धार गर्न स्रोतहरू पठाएको बताए।

कोलोराडो स्प्रिङ्सबाट ५० माइल पश्चिममा रहेको क्रिपल क्रिकमा रहेको मोली क्याथलीन खानी सुन खानी हो भने एक पर्यटकीय स्थल हो । पर्यटकहरु करिब १,००० फिट जमिनमुनि भ्रमणहरू गर्ने गर्दछन।

प्रतिक्रिया