अध्यावधिक गरिएको : फ्लोरिडाको हिल्सबरो काउन्टीमा ७२५ भन्दा बढी मानिस तथा १२८ वटा घरपालुवा जनावरहरूको उद्धार ,३२ लाख मानिसहरु अझै बिजुलीबिहिन

इनेप्लिज २०८१ असोज २४ गते २०:२० मा प्रकाशित

अध्यावधिक गरिएको : अमेरिकाको फ्लोरिडा राज्यमा आएको खतरनाक समुन्द्री आँधी हिल्टनको कारण हिल्सबरो काउन्टीमा ७२५ भन्दा बढी मानिस तथा १२८ वटा घरपालुवा जनावरहरूको उद्धार गरिएको शेरिफ कर्नल एन्थोनी कोलिन्सले बताए ।

एबिसीन्यूजका अनुसार फ्लोरिडामा ३२ लाख मानिसहरु अझै बिजुलीबिहिन रहेका छन् । हिल्सबरो काउन्टी अग्नी नियन्त्रण टोलीलाई रातभरि ३५६ वटा सूचना तथा दूरवार्ता प्राप्त गरेको जनाएको छ । यसै गरि हिल्सबोरो काउन्टीमै १४ वर्षीय बालकलाई बाढीको पानीबाट बचाइएको श्रब्यदृश्य (भिडियो ) पनि खिचिएको छ।

हिल्सबरो काउन्टी जसले ट्याम्पालाई समेत जोडदछ । उद्धार टोली तथा प्रतिक्रियाकर्ताहरूले बाढीको पानीमा डुबेपछि भग्नावशेषमा तैरिरहेका १४ वर्षीय किशोरलाई उद्धार गरेका छन् ।

फ्लोरिडा भरि ५०,००० भन्दा बढी बिद्युत मर्मत गर्ने कर्मचारी उर्जा पुनर्स्थापनाको लागि तयारी अवस्थामा रहेको गभर्नर रन डिसेन्टिसले भने।

फ्लोरिडाको पूर्वी तटमा रहेको सेन्ट लुसी काउन्टीमा आएको शक्तिशाली घुम्रपात ( टोर्नाडो)मा परी पाँच जनाको मृत्यु भएको गभर्नरले बताए ।

उक्त काउन्टीमा ९० मिनेट भित्र बाह्र वटा घुम्रपात ( टोर्नाडो आएको थियो । प्रहरीको ९११ मा मात्र ९०० भन्दा बढी दूरभाष (कल )हरु आएको काउन्टी अधिकारीहरूले भने। पछिल्लो अध्यावधिक अनुसार अहिले सम्म मृत्यु हुनेको कूल संख्या १० पुगेको छ ।

प्रतिक्रिया